पर्सा १ जेठ
पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. १ काे वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बन्धु साह तेली विजयी भएका छन् । वडा नं. १ काे सम्पन्न मतगणना नतिजा अनुसार तेली ५७४ मत ल्याएर विजयी भएका हुन् ।
उनकाे निकटतम प्रतिद्वन्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निर्वतमान वडाध्यक्ष ललन राउत कुर्मी ४७७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा एमालेका शम्भु राउत कुर्मीले ४४ मत, नेकपा माओवादी केन्द्रका राजेश रामले ८ मत र लाेकतान्त्रिक समाजवादी पार्टीका उमेश हाजाराले ५ मत पाएका हुन् ।
गाउँपालिका अध्यक्षमा जसपाका उम्मेदवार मदन प्रसाद चाैहानले ६११ मत प्राप्त अग्रता कायम गरेका छन् । गाउँपालिका अध्यक्ष मै कांग्रेसका उम्मेदवार बशिष्टनारायण कुर्मीले ३९५ मत प्राप्त गरी दाेस्राे स्थान, नेकपा एमालेका उम्मेदवार महमद सदाम हुसेनले ९० मत प्राप्त गरी तेस्राे स्थान र माओवादी केन्द्रका संताेष पटेलले ११ मत प्राप्त गरी चाैथाे स्थानमा छन् ।
गाउँपालिका उपाध्यक्षमा जसपाकी उम्मेदवार प्रियांका देवी यादवले ४८१ मत प्राप्त गरी पहिलाे, कांग्रेसकी मंजु देवीले ३९१ मत प्राप्त गरी दाेस्राे, एमालेकी अनारकली देवी कुर्मीनले १९४ मत प्राप्त गरी तेस्राे र माओवादी केन्द्रकी राधिका चमइन ५ मत प्राप्त गरी चाैथाे स्थानमा छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

