Rashtriya Dainik

सरावलमा ८१ प्रतिशत मत खस्यो, मतगणना राति ११ बजेदेखि

उमेश बि.क / नवलपरासी , ३० बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा झण्डै ८१ प्रतिशत खसेको छ।

निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीले प्रारम्भिक तथ्यांकअनुसार सरावल गाउँपालिकामा ८१ प्रतिशत मत खसेको जानकारी दिएका छन्।

उनले सरावल गाउँपालिकामा २५ हजार ९ सय १२ मतदातामध्ये २१ हजार २२ मत खसेको बताए।

उनका अनुसार स्थानीय तह निर्वाचनका लागि सरावलमा १५ मतदान स्थल र ३२ मतदान केन्द्र निर्धारण गरिएको थियो।

स्था​नीय प्रशासनले शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ। सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा निर्वाचन सुचना अधिकारी कृष्णप्रसाद ज्ञवालीले सबै मतदान स्थलबाट पालिका सम्म मतपेटिका ढुवानी भइरहेको राष्ट्रिय दैनिकलाई बताए।

उनले अाजै राति सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण गरिने पनि बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित