Rashtriya Dainik

बझाङको एक मतदानस्थलबाहेक सबै १ सय ८२ वटै मतदानस्थलबाट मतदान सुरु

दोरेन्द्र खड्का/ बझाङ
बझाङका १ सय ८३ मतदानस्थलमध्ये १ सय ८२ मतदानस्थलबाट मतदान प्रक्रिया सुरु भइसकेको छ । प्रत्येक मतदानस्थलमा अहिले ५० भन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालय प्रमुख विमलराज गौतमले बताए । जयपृथ्वी नगरपालिका १ कैलाशस्थित नारायण मावि मतदान केन्द्रमा भने मतदान अझैं सुरु हुन सकिरहेको छैन । बिहानैदेखि दुईवटा बम जस्तो शंकास्पद बस्तु भेटिएकाले त्यहाँ मतदान सुरु नभएको पत्रकार तथा कैलाशका स्थानीय सत्यराज सिंहले बताए । उनका अनुसार अहिले मतदानस्थलको गेट नजिक राखिएको प्रेसकुकर बम शंकास्पद विरभद्रजंग गुल्मबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । अझैं कोठामा मोबाइल बम राखिएको देखिएकाले मतदाताहरुलाई मतदान केन्द्रमा आउन दिइएको छैन । मतदाताहरु त्रसित बनेर डाँडाकाँडा लागेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित