Rashtriya Dainik

बर्दघाट–४ को शिवकोलोनी नजिकै खहरे खोलाको पुलमा शंकास्पद बस्तु फेला

नवलपरासी- पूर्वपश्चिम लोकमार्ग अन्तरगत बर्दघाट–४ को शिवकोलोनी नजिकै खहरे खोलाको पुलमा शंकास्पद बस्तु फेला परेको छ ।
स्थानीय बासिन्दाका अनुसार पुल नजिकै मुख्य सडकमा कुकर बंम आंशका गरिएको वस्तु फेला परेपछि त्यहाँ सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
उक्त स्थान अहिले प्रहरीको टोलीले घेरेको छ । पूर्व पश्चिम राजमार्गको अहिले अबरुद्ध भएको स्थानीयले जनाएका छन् ।
पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बर्दघाटमा शंकास्पद वस्तु भेटिएको प्रहरीको टोलीले घटना स्थलको सुरक्षा दिएको बताउनुभयो । नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको उहाँले जानकारी दिनुभयो ।

सत्तारुढ गठबन्धनको तर्फबाट काँगेसको तर्फबाट बर्दघाट –४ का वडाध्यक्ष उम्मेदवार बेदविना तिवारीको घर र गठबन्धनको कार्यालयको ५० मिटर पुर्व घटनास्थल रहेको छ । घटनाबारे स्थानीयस्तरमा राजनैतिक आरोप प्रत्यारोप समेत शुरु गरिएको छ । गठबन्धन एंव काँग्रेस समर्थकहरुले गठबन्धनको जित सुनिश्चित भएको अवस्थामा बंम राखिएको भन्दै संजालमा बिपक्षीहरुको आलोचना गरेका छन् ।
चुनावको मुखमा शंकास्पद वस्तु राखिएकोले उक्त बस्तु चुनाव बहिस्कार गर्ने समुहले राखेको हुन सक्ने आंशका गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित