Rashtriya Dainik

ठुठीबरीमा लागु औषधि सहित एक नेपाली नागरिक पक्राउ

बिनोद निगम / २९ बैशाख

भारतबाट नेपाल भित्रिने लागु औषध ड्रग्स नियन्त्रण नहुँदा नेपाल प्रहरीलाई समस्या भइरहेको बेला भारतीय सुरक्षाकर्मीले पनि सीमा क्षेत्रमा लागु औषध नियन्त्रणमा चासो देखाएको छ ।

यसैक्रममा भारतीय सशस्त्र प्रहरी बल एसएसबी, कोतवाली प्रहरी र लागुऔषध विभागको संयुक्त टोलीले नेपाल भित्राउन लागेको ठुलो परिणाममा लागु औषध ड्रग्स सहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

९६ थान लागुऔषध एम्पुलसहित नेपाली नागरिकलाई एसएसबी,कोतवाली प्रहरी र लागुऔषध विभागको संयुक्त टोलीले ठुठीबारी बाइपासबाट गएराति पक्राउ गरेको छ ।

औषधसहित कास्की जिल्लाको ( पोखरा ) बस्ने तोयानाथ तिवारीको छोरा सुदर्शन तिवारीलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित