राष्ट्रिय दैनिक / नवलपरासी , २७ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा स्वतन्त्र तर्फबाट अध्यक्ष पदको उम्मेदवार राधेश्याम चाैधरी र उपाध्यक्ष पदको स्वतन्त्र उम्मेदवार प्रदिप कुमार अग्रहरीले आफुलाई मत दिने पालिकावासीको शीर झुक्न नदिने बताउनुभएको छ ।
समृद्ध सरावल निर्माण र पालिकामा बालबालिका, महिलालाई सक्षम र आत्मनिर्भर बनाउँदै ,शिक्षा ,स्वास्थ्य ,खानेपानी , खेलकुद ,पर्यटन र कृषि मूलप्रवाहमा ल्याउने आफ्नो प्राथमिकता रहेको बताउनुभयो । पालिकाका विभिन्न टोलमा घरदैलो गर्दै उहाँहरुले आफुहरुले अध्यक्ष र उपाध्यक्ष पदमा विजयी हासिल गरेमा समृद्ध र स्मार्ट पालिका बनाउने बताउनुभयो ।
लामो समय देखि राजनीति र समाजसेवामा सक्रिय चाैधरी र अग्रहरी आफूहरु विजयी भएमा पालिकावासीको शिर झुक्ने कुनै काम नगर्ने र मतदाता पछुताउनुपर्ने अवस्था आउन नदिने दाबी गर्नुभयो ।
पालिकाकाे समग्र विकासको लागि प्रतिबद्धता पत्र पूर्ण कार्यान्वयन गर्दै जनताको सुखदुःखमा साथ दिने र शासक हाेईन सेवकको रुपमा जनताको सेवामा खटिने उहाँहरुले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

