राष्ट्रिय दैनिक / नवलपरासी , २७ बैशाख
सरावल गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार अनिल कुमार गौड ठोस एजेण्डा लिई मतदाताहरुको दैलोमा पुगेका छन् । आज घरदैलोको अन्तिम दिन नेता अनिल गौड आफनो लोकप्रिय र ठोस योनजा तथा एजेण्डाहरु लिई मतदाताहरुलाई भेटदै भोट मागेका हुन् ।
के छ त एजेण्डाहरु
1. भूमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुको लागि जग्गाधनी पुर्जा उपलब्ध गराइने छ ।
२. अति विपन्न परिवारको लागि जिवीकोपार्जनका अवसर सिर्जना गरी भोकालाई मानो, छोलाई छानो कार्यक्रम ल्याइने छ ।
३ दिगो कृषि विकासका लागि स्थानीय तहमा कृषि विकास नीति प्रभावकारी रुपमा कार्यन्वयन गरिने छ ।
४. स्वस्थ्य र सुरक्षित खानाको लागि अर्गानिक कृषि उत्पादनलाई महत्व दिदै खेतीयोग्य जमिनको संरक्षण गरी बन्नवाली विउ उत्पादनका लागि पकेट क्षेत्र निर्धारण गरिने।
५. एकिकृत दिगो कृषिविकास प्रर्वद्धनको लागि पशुपालन विकास कार्यक्रम तथा पशु दिमा नलसुधार, दाना, घाँस, औषधिउपचार, पशु सेवा प्राविधिक सहितको कार्यक्रम सञ्चालन गरिने छ ।
६. हरेक वडामा कृषिउपज संकलन भण्डारण केन्द्र निर्माण गरिने छ ।
७. सामुदायिक तथा संस्थागत विद्यालयहरुको एउटै शैक्षिक क्यालेण्डर निर्माण तथा ६ ६ महिनामा सिकाइ आदान प्रदान कार्यक्रम गरिने छ ।
८. सरावल गाँउपालिकालाई शैक्षिक हबका रुपमा विकास गर्दै कम्तिमा २ वटा बहुमुखी क्याम्पस स्थापना गरिने छ ।
९ हरेक विद्यालय तथा क्याम्पसहरुमा छात्रामैत्री, अपाद्गमैत्री शौचालय निर्माण गरिनुका साथै छात्राहरुको लागी महिनावारीको समयमा आवश्यक विश्रामकक्ष निर्माण गरिने छ ।
१०. संगठित-असंगठित क्षेत्रमा कार्यरत मजदुरहरुको लागि दुर्घटना विमाको व्यवस्था गरिने छ ।
११. बटो तथा ई-रिक्साको लागि व्यवस्थित पार्किग व्यवस्था गर्दै दोहोरो करको मापदण्ड हटाइनेछ ।
१२. अति विपन्न परिवार पहिचान गरी निःशुल्क स्वास्थ्य बिमा सञ्चालन गरिने छ ।
१३. जमिनको बर्गिकरण गरी कृषियोग्य आवाशिय औद्योगिक क्षेत्र निर्धारण गरी व्यवस्थीत गरिने छ ।
१४ “स्वदेशमै बसौँ, स्वदेशमै काम गरौं’ भन्ने धारणा विकास गरी यूवालाई उत्पादन मुलक कार्यमा लाग्न आवश्यक स्वरोजगार तालिमको व्यवस्था गरिने छ ।
१५. “एक वडा एक व्यवस्थित खेल मैदान निर्माण गरिने छ ।
१६. अपाङ्गता भएका विपन्न परिवारका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्तिको व्यवस्था गरिने छ ।
१७. अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बिमा गरिने छ । साथै अपाङ्गमैत्री बहुउपयोगी एउटा भवन निर्माण गरिने छ ।
१८. महिला उद्यम केन्द्र कम्तिमा २ वटा निर्माण गरिने छ । साथै महिला स्वरोजगार कार्यक्रम ल्याइने छ ।
१९ हिंसा परेका बालबालिका तथा महिलाको लागि व्यवस्थित प्राश्रयस्थल निर्माण गरिने छ ।
२० प्रत्येक महिलालाई प्रसुती सेवाकोलागि नजिकैको अस्पतालसम्म पुयाउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने छ ।
२१ पालिकाभित्र सबै वडा पायक पर्ने गरि १५ शैयाको अस्पताल निर्माण गरिने छ ।
२२ सबै वडामा. शुद्ध खानेपानीकोलागि सहज व्यवस्थापन गरिने छ ।
२३ पालिका भित्रका संचालित सबै मा.वि.हरुमा एक/एक वटा प्राविधिकधारको शिक्षा प्रदान गर्ने व्यवस्था मिलाईने छ ।
२४ बालमैत्री स्थानीय शासन घोषणा गरिने छ।
२५ जेष्ठ नागरिकलाई खाजा सहितको “दिवाखसी गृह निर्माण गरिने छ ।
२६. बेरोजगार नागरिकको लगत संकलन गरी वार्षिक ५०० रोजगार अवसर सिर्जना • गरिने छ ।
२७. सरावल गाँउपालिकाभित्र विभिन्न वडामा रहेका सार्वजनिक जग्गाहरु पहिचान गरी संरक्षण गर्नुका साथै भु उपयोग नीति निर्माण गरिने छ ।
२८. सरावल गाँउपालिक भित्र रहेका विभिन्न धर्मावलम्बी तथा जातजातीको धार्मिक तथा सांस्कृति सम्पदाको संरक्षण, संबर्द्धन तथा प्रवर्द्धन गरिने छ ।
२९. स्थानिय प्रयटन प्रवर्द्धन र विकासका लागी पिकनिक स्पोट, पार्क तथा होम स्टे सञ्चालन गरिने छ ।
३०. सरावल गाँउपालिका अन्र्न्तगतका वडा नं. ५, ६ र ७ मा हरेक वर्ष हुने दुवानको समस्यालाई पूर्ण रुपमा निराकरण राष्ट्रिय मुद्राको रुपमा पहिचान गरी समाधान गरिने छ ।
३१. निशुल्क शववाहन व्यवस्था गरिने छ ।
३२. पालिकामा मिडिया डेक्सको स्थापना गरी पालिकाका हरेक गतिबिधीहरुलाई आम नागरिक समक्ष पुयाइने छ ।
३३ फोहोरलाई मोहरमा परिणत गरी उचित व्यवस्थापनको लागि व्यवस्था मिलाईने छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

