Rashtriya Dainik

आज राति १२ बजेदेखि नवलपरासीका सीमानाका बन्द

उमेश बि.क / नवलपरासी , २७ बैशाख

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले वैशाख ३० गते हुने मतदानका लागि आज राति १२ बजेदेखि मतदानको दिन राति १२ बजेसम्म सीमानाका बन्द हुने भएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पाेख्रेलले एक विज्ञप्ति जारी गरी निर्वाचन सुरक्षालाई मध्यनजर गरी सोही अवधिमा जिल्लाभर मादक पदार्थ बिक्री वितरणमा समेत रोक लगाएको जानकारी दिए ।

खुल्ला सीमा नाकाका कारण निर्वाचनको वेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको प्रजिअ पाेख्रेलले बताए ।

प्रजिअ पाेख्रेलले मंगलबार १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ ओसारपोसार, विक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाईएको बताए । यदि सो प्रतिबन्ध विरुद्ध क्रियाकलाप गरेको पाईए प्रचलित कानुन बमोजिम कारबाही गरिने उनले चेतावनी समेत दिए ।

सीमा क्षेत्रमा कुनै पनि प्रकारका अवैध गतिविधिहरु सञ्चालन हुन नदिन दुवै देशका सीमा क्षेत्रका सुरक्षाकर्मीहरुको संयुक्त गस्ती र कडा निगरानी समेत बढाइएको छ ।

यतिबेला नवलपरासीको सिमाना नाका गुठीप्रसौनी(झुलनीपुर), भुजहवा, महेशपुर(ठुठीबारी), विसुनपुरा र भैसालोटन नाकालाई सुरक्षा दृष्टिकोणले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म एम्बुलेन्स, दमकल, दूरसंचार सेवा, शव वाहन, अस्पताल सेवा जस्ता अत्यावश्यक सेवाका सवारीसाधन र अनुमति लिएका सवारीबाहेक अन्य सेवा बन्द हुने उनले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित