नवलपरासी , २७ बैशाख
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका निर्वतमान मेयर भीमबहादुर थापा (भरत)ले कार्यकाल अवधिभर पाएको तलब/भत्ता र सुविधाबापतको रकम नगरपालिकामा जम्मा गर्नुभएको छ ।

तलब/भत्ता र अन्य सुविधाबापत पाएको कुल १८ लाख ५१ हजार ४ सय २४ रुपैयाँ मेयर थापाले नगरपालिकाको सञ्चित कोष र दैवी प्रकोप उद्धार विशेष कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले जानकारी दिनुभयो ।
मेयर पदमा निर्वाचित भए लगत्तै उनले आफूले नगरपालिकाबाट कुनै पनि सुविधा नलिने घोषणा गर्नुभएको थियो ।
जम्मा गरेको रकममा सेवा सुविधाबापतको १४ लाख ८६ हजार, दैनिक भ्रमण भत्ताबापतको १ लाख ४१ हजार ३ सय र बैठक भत्ताबापतको २ लाख २३ हजार रहेको नगरपालिकाले जनाएको छ ।
थापा २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । पार्टीले अहिले मेयरको उमेदवारमा जिल्ला सभापति अर्जुनकुमार पोखरेललाई उठाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

