Rashtriya Dainik

नवलपरासीमा मदिरा बिक्री वितरणमा रोक

उमेश बि.क / नवलपरासी , २७ बैशाख

वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनलाई मध्यनजर गरी मदिरा बिक्रीवितरण र सेवनमा निषेध गरिएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मदिरा बिक्री वितरण र सेवनमा निषेध गरिएको हो ।

प्रजिअ श्रवण कुमार पाेख्रेलले बैशाख २५ गते सुचना जारी गर्दै बैशाख २७ गते मध्यरात देखि निर्वाचनको परिणाम नआउदा सम्मका लागि जिल्लामा मदिरा बिक्री बितरण निषेध गरिएको बताए ।

स्थानीय तहको निर्वाचनको सन्दर्भमा निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका,२०७८ को दफा ७१ मा भएको व्यवस्था बमोजिम मादक पदार्थ निषेध गरिएको हो ।

मंगलबार राति १२ बजे देखि मतदान कार्य सम्पन्न नभएसम्म मादकपदार्थ बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाईएको हो । सो अवधिमा मादक पदार्थ बिक्री बितरण र सेवन नगर्न भनिएको छ ।

यस अवधिमा कोही कसैले मादकपदार्थ बिक्री वितरण र सेवन गरेको पाईएमा कानून बमोजिम कारवाही हुने प्रजिअ पाेख्रेलले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित