बोलेरोको ठक्करबाट स्कुटी चालक गम्भिर घाइते


नवलपरासी / १५ मंसिर

पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ हरकट्टामा सोमबार सांझ पूर्वबाट पश्चिम दिशातर्फ गइरहेको लु ३ च ३४६ नम्बरको बोलेरो गाडीले पश्चिम दिशाबाट पूर्व दिशातर्फ गइरहेको लु ३८ प ५८४६ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक नवलपरासी बर्दघाट नगरपालिका ४ दिव्यनगरका २१ वर्षीय बाबुराम न्यौपाने गम्भिर घाइते भएका छन् ।

टाउकोमा गम्भिर चोट लागेका घाइते युवकको बुटवल चौराहा अस्पतालमा उपचारको लागि पु¥याइएको न्यौपानेका बुवा दयाराम न्यौपानेले जानकारी दिए । नवलपरासीको त्रिवेणीबाट २ वटा भैंसि बोकेर सुनवलतर्फ जाँदै गरेको बोलेरो गाडीले सुरुमा पश्चिम दिशाबाट पुर्व दिशातर्फ जादै गरेको लु १ ज ४२२३ नम्बरको फोर्स गाडीलाई ठक्कर दिएका कारण बोलेरो गाडीको गति अनियन्त्रित भई अगाडि गुडिरहेको स्कुटीलाई ठक्कर दिन पुगेको थियो ।

ठक्करबाट बोलेरो गाडीका चालक तथा सवारीधनी शिव प्रसाद पाण्डे र फोर्स गाडीका चालक रामप्रसाद भट्टराईलाई भने कुनै चोटपटक लागेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बोलेरो गाडी र फोर्स गाडीका चालक दुवैलाई नियन्त्रणमा लिई दुर्घटनाकोबार थप अनुसन्धान भइरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot