एजेन्सी । श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक हुन थालेको छ । चरम आर्थिक संकटका कारण विरोध बढेसँगै प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपनि स्थिति नियन्त्रण बाहिर गएको छ । त्यहाँ हिंसा भड्कदा एकजना सांसदको मृत्यु भएको छ ।
सत्तारुढ दलका सांसद अमराकेर्ती अथुकोरालाको हत्या भएको छ । उनीसहित २ जनाको झडपका क्रममा हत्या भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
पदबाट राजीनामा दिएका राजापाक्षेको पुख्र्यौली घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मेडामुलाना भन्ने ठाउँमा उनको घरमा आगनजी भएपछि सेना परिचालन भएको थियो ।
सोमबार ७६ वर्षीय राजापाक्षेले राष्ट्रपति समेत रहेका आफ्ना भाई गोटावाया राजापाक्षेसमक्ष राजीनामा बुझाएका थिए । उनले सर्वदलीय सरकारको निर्माणको आग्रह समेत गरेका छन् ।
श्रीलंका इतिहासकै चरम आर्थिक संकटमा परेपछि विरोध चर्किएको हो । वैदेशिक मुद्रा सचिती निकै कम छ । इन्धनको संकट चुलिएको छ । खाद्य संकटले श्रीलंका समस्यामा परेको छ ।
पूर्वाधार विकासका लागि चीनसँग उसले अरबौं डलरको ऋण लिएको थियो । यसले पनि उसलाई संकटमा धकेल्यो । श्रीलंकाले भारतसँग अरबौं डलर सहयोग लिइसकेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

