Rashtriya Dainik

यस कारण रामग्राममा कांग्रेसलाई मतदान गर्नुहोस्

नरेन्द्र गुप्ताको घोषणा पत्र ः रोगीलाई घरमै उपचार देखि नगर बस चालउनेसम्मको योजना
परासी, २६ बैशाख । नेपाली कांग्रेसका उम्मेदवारहरु मतदाता भेटघाट कार्यक्रममा तिब्रता दिएका छन् । मतदाता भेटन उम्मेदवारहरु आफनो घोषणा–पत्र तथा लोकप्रिय एजेण्डाहरु लिई घरदैलो पुगी मतदाताहरु मत मागी रहेका छन् । रामग्राममा नगरपालिकाको नगर प्रमुख पदमा नरेन्द्र कुमार गुप्ता र उप प्रमुख पदमा आराधना भट्टलाई उम्मेदवार बनाएको छ । नरेन्द्र गुप्ता गत चुनावमा बिजयी भई रामग्राम नगरपालिकामा ५ बर्षे कार्यकाल बिताई अनुभव समेत प्राप्त गरिसकेका छन् । नरेन्द्र कुमार गुप्ता चर्चित र अनुभवी उम्मेदवार रहेकाले उनको पक्षमा जनमत पनि बढदै गएको छ ।
आसन्न बैशाख ३० गते हुन गई रहेको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले रामग्राम नगरपालिकामा ति उम्मेदवारलाई अगाडी सारी जनपक्षिय तथा लोकप्रिय एजेण्डा सहित घोषणा पत्र पनि जारी गरेको छ । नगर प्रमुख पदका उम्मेदवार नरेन्द्र कुमार गुप्ताले जाहेर गरेको प्रतिबद्धता र लोकप्रिय एजेण्डाले रामग्रामका मतदाताहरु निकै आकर्षित भई रहेका छन् । रामग्राममा नरेन्द्र गुप्ताको लहर बढदै गएकाले यहाँ नेपाली कांग्रेस अग्रिण स्थानमा छ । रामग्राममा कांग्रेस, एमाले र जसपा गरि तिन कोणिय प्रतिस्पर्धा छ ।
यस्ता छन् नरेन्द्र गुप्ताको आकर्षक एजेण्डा र योजनाहरु
–स्वास्थ्य क्षेत्रमा अशक्त अपाङ्ग, जेष्ठ नागरिक, गर्भवति, सुत्केरी महिला र दिर्घरोगी नागरिकहरुलाई दैलोमै पुगी औषधो–उपचार सेवा प्रदान गर्ने ।
–नियमित स्वास्थ्य परिक्षण गर्न वडा स्तरमै प्रयोगशाला विस्तार गर्ने ।
–वडा÷वडाबाटै सबै सेवाहरु प्रदान गर्ने र जेष्ठ नागरिकहरुलाई घरमै भत्ता उपलब्ध गराउने ।
–सामुदायिक विद्यालयको शैक्षि गुणस्तरमा सुधार ल्याउदै मावि सम्म निशुल्क शिक्षा प्रदान गरि स–साना बालबालिकाहरुको पनि सिकाईका लागि विद्यालयहरुमा मन्टेश्वरी, (बेबी केयर) संचालन गर्ने ।
–रामग्रामलाई व्यस्थित शहरको रुपमा विकास गर्ने र यसको पहिचान हुने गरि ठोस र आकर्षण पुर्वाधारको विकास गर्ने ।
–कृषिमा आधुनिकरण र व्यवसायीकरण गर्दै कृषि उत्पादन बढाउन अनुदानमा बिउबिज, मलखादको व्यवस्थापन गर्ने, सिँचाईको भरपुर प्रवन्ध मिलाउने र कृषकलाई अनुदानमा आधुनिक कृषि उपकरणहरुको वितरण गरि कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने ।
–कृषि उत्पादनको उचित मुल्य कायम गराउने र त्यसको बजारीकरण गराउने ।
–कृषि उत्पादनको बजारीकरणका लागि कृषि एम्बुलेन्स संचालन गर्ने ।
–गरिबि निवारणका लागि महिला उद्यम केन्द्रलाई प्रभावकारी बनाउने र कृषि, पशु तथा एग्रो टुरिजममा स्वरोजगार सृजना हुने वातावरण मिलाउने ।
–नगरबासीको सुविधाका लागि नगर बस संचालन गर्ने ।
–रामग्राम नगरपालिकालाई वातावरण मैत्री तथा हरित नगरपालिकाको रुपमा विकास गर्न रुखविरुवाको संरक्षण गर्ने, वृक्षारोपण गर्ने, पोखरीहरुको संरक्षण गर्ने ।
–हरेक वडामा खेल मैदान र बालउद्यान पार्कको विकास गर्ने ।
–बैदेशिक रोजगारीमा जाने युवायुवतीहरुलाई आवश्यक्ताको आधारमा शिपमुलक तालिम प्रदान गरि दक्षजनशक्ति बनाउने ।
–युवा रोजगारी बढाउन नगरभित्रका कलकारखाना, उद्योगसंग सम्झौता गरि नगरभित्रका २००० युवालाई रोजगारी प्रदान गर्ने साथै लघु उद्यम मार्फत स्वरोजगार पनि बढाउने ।
–नगरभित्र रहेको पाल्ही बहुमुखी क्यामपसमा मास्टर डिग्रीसम्मको कक्षा संचालन गराउने ।
–न्युन आय भएका जेहेन्दार विद्यार्थीहरुको उच्च शिक्षाका लागि छात्रवृति वितरण गर्ने ।
–नगरपालिकालाई प्रविधिमैत्री बनाउने ।
–बालमैत्री शिक्षा तथा सिकाई प्रणालीलाई प्रवद्र्धन गर्ने ।
–नगर क्षेत्रबाट उत्पादन भएका फोहोरलाई प्रशोधन विधिबाट बायोग्यास तथा जैविक मल उत्पादन गरि किसानलाई उपलब्ध गराउने ।
–छोरी बचाउ छोरी पढाउन अभियानलाई निरन्तरता दिदै महिला, बालबालिका र जेष्ठ नागरिकहरुको पोषण, स्वास्थ्य र सामाजिक विकासमा वृहद कार्य गर्ने ।
–रामग्राम स्तुप संगै यहाँको पर्यटनहरुको विकास गरि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने ।
–बाढी नियन्त्रणका लागि झरही तथा तुरिया खोलको वृहद सरसफाई तथा तटबन्ध कार्य गरि बाढी नियन्त्रण गर्ने ।
–परासी बजारको सौन्दर्यकरण गरि ग्रिन सिटिको रुपमा विकास गर्ने ।
–कच्चीबाटाहरु पिच तथा आरसीसी ढलान गर्ने र भत्किए एवं विग्रेका बाटाहरुको मर्मत गरि स्तरउन्नती गर्ने ।
–वडा वडामा सामुदायिक भवन तथा लघु उद्यमहरुको विकास, शिपमुलक तालिमहरु प्रदान गरि स्वरोजगार बढाउने ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित