नवलपरासी , २६ वैशाख
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ बाट प्रहरीले एक बोरा (७३ पिस) साडी बरामद गरेको छ ।
बरामद गरिएको साडी नेकपा एमालेको उम्मेदवारले बाँड्न राखेको आरोप कांग्रेसले लगाएको छ ।
प्रहरीले एमालेका स्थानीय कार्यकर्ता सुरेश यादवको घरबाट साडी बरामद गरेको हो । २७ गते रातिबाट मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै जिन्सी सामानको जोहो गरेर राखेको र एक–एक गरेर बाँड्ने तयारी भएको कांग्रेस कार्यकर्ताको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रेमबहादुर शाहीका अनुसार साडी बरामद गरिएको र साडी के प्रयोजनका लागि ल्याएको भन्नेबारे अनुसन्धान भइरहेको बताए । ‘चुनावको समयमा स्थानीय एक व्यक्तिको घरबाट साडी बरामद भएको छ । चुनावमा बाँड्न ल्याएको हो वा अन्य के प्रयोजन भन्नेबारे बुझ्दैछौँ ।’
उम्मेदवारले सुकुम्बासी बस्ती तथा विपन्न परिवारको बाक्लो बस्ती भएको स्थानमा मतदातालाई आकर्षित गर्न जिन्सी सामान बाँड्ने तथा विभिन्न प्रलोभन देखाउने गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

