बारा / १५ मंसिर बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. १ भलुही चौक भन्दा १०० मिटर दक्षिणमा रहेको बगैचा कटेजको आज एक भव्य समारोहकका बिच उदघाटन सम्पन्न भएको छ । होटेल तथा पर्यटन व्यवसायी संघ प्रदेश नं. २ का सचिव तबरेज आलमले रिबन काटी कटेजको उदघाटन गर्नु भयो । उदघाटन गर्दै सचिव आलमले बारा र पर्सा जिल्लामा सु–व्यवस्थित कटेज नभएको अवस्थामा भलुहीका युवाहरुले गरेको प्रयास सराहनीय रहेको बताउनु भयो । होटेल व्यवसायी संघ पर्साका महासचिव समेत रहेका आलमले बारा र पर्साका मध्य भागमा रहेकोले यस क्षेत्रका ग्राहकहरु बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गर्नु भयो । यस बगैचा कटेजलाई होटेल व्यवसायी संघमा आवद्ध हुन आग्रह गर्दै संघबाट आवश्यक पर्ने सेवा सुविधाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो । कटेजका संचालक राजेश प्रसाद कुश्वाहाको सभापतित्वमा भएको कार्यक्रममा फेटा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष जयप्रकाश दास, ने.क.पा.का युवा नेता मुकेश साह, उमेश कुश्वाहा, अबुलेस अंसारी, दास गेष्ट हाउसका संचालक बैजु दास, युवा विधार्थी संघर्ष समिति प्रदेश नं. २ का उपाध्यक्ष सन्नी गुप्ता लगायतका उपस्थिती रहेको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।