Rashtriya Dainik

स्वतन्त्र उम्मेदवार चाैधरी र अग्रहरीद्वारा २६ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक

राष्ट्रिय दैनिक / नवलपरासी ,२६ बैशाख

स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा दलहरूले चुनावी घोषणा पत्र जारी गर्ने र सार्वजनिक प्रतिबद्धता गर्ने लगायतका कामलाई निरन्तरता दिंदै आएका छन् ।

सोही क्रममा सरावल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवारहरूको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै चाैधरी र अग्रहरीले सरावल गाउँपालिकाकाे मुहार फेर्ने सपनाको हुटहुटी पूरा गर्न आफुले उम्मेदवारी दिएको र निर्वाचन जितेपछि जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचित पालिका अध्यक्ष राधेश्याम चाैधरी र विगत लामो समयदेखि सरावलका बिभिन्न संघ संस्थामा सक्रिय रुपमा संलग्न प्रदिप कुमार अग्रहरी शिक्षा, स्वास्थ्य, रोजगार, पुर्वाधार, कृषि लगायतका विषयमा गर्न सकिने कामको सुक्ष्म अध्ययन गरेर प्रतिबद्धता पत्र तयार गरेको बताउँदै आफ्नो टिमलाई जिताउन अपिल गरे ।

कुल २६ बुँदामा समेटिएको प्रतिबद्धता पत्रमा पालिका र वडाको समृद्धिका लागि नवीन र महत्वाकांक्षी योजनाहरू अगाडि सारिएको छ ।घोषणा पत्र पूर्ण पाठ (जस्ताको तस्तै)

सरावल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवारहरूको तर्फबाट प्रतिवद्धता पत्र स्थानीय तह निर्वाचन २०७९

“स्वच्छ खानेपानी तथा सरसफाई हाम्रो अभियान, खानेपानी धारामा सबैको मतदान।”

चुनाव चिन्ह खानेपानी धारा

| हाम्रो चुनावी प्रतिवद्धता सरावल गाउँपालिका

स्वच्छ खानेपानीको धारा घर घरमा

(२) निःशुल्क शिक्षा

(३) निःशुल्क स्वास्थ्य सेवा

(४) १५ शैयाको अस्पताल निर्माण

(५) निःशुल्क स्वास्थ्य विमा

६) निःशुल्क आँखा अपरेशन

७) निःशुल्क एम्बुलेन्स सेवा

८) निःशुल्क रगतको व्यवस्था (ब्लड बैंक)

९) किसान परिचय पत्र वितरण एवम् कृषि उपकरणमा अनुदान

(१०) कृषि विद्युतीकरण, कृषि बाटो

(११) किसानहरुलाई मल, विउ विजन, सिचाई, उपकरण, औषधि अनुदान

(१२) दिर्घ रोगी, मृगौला प्रत्यारोपण, डाइलासिस तथा क्यान्सरका बिरामीहरुलाई मासिक ५००० का दरले उपचार खर्च वितरण

१३) बाढी, डुबान नियन्त्रण, योजना तथा कार्यक्रम

(१४) पर्यटन क्षेत्रको विकास

१५) गरिब, जेहेन्दार विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था

१६) बालमैत्री गाउँपालिका घोषणा

१७) गाउँपालिकाको प्रशासनिक भवन निर्माण

१८) निःशुल्क सिप मुलक तालिम एवम् रोजगारको व्यवस्था १९) वैज्ञानिक कृषि तालिम एवं प्रत्येक वर्ष १०० जना भन्दा बढी युवाहरुलाई रोजगारीको व्यवस्था ।

(२०) प्राविधिक शिक्षामा जोड ।

२१) सडक बत्ति जडान

(२२) सार्वजनिक ठाउँमा फ्रि वाइफाई

(२३) दलित गरिबी तथा विपन्न वर्गलाई भत्ताको व्यवस्था।

२४) निःशुल्क सेनटेरी प्याड वितरण।

(२५) गरिब तथा विपन्न वर्गलाई काज, क्रिया खर्च

२६) गरिबी परिचय पत्र वितरण एवम् रासन भत्ता

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित