Rashtriya Dainik

निर्वाचनको मत बदर नहोस भन्ने उदेश्यले लहानमा नमूना मतदान

महेश सिंह सिरहा लहान २६ बैशाख – बैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनमा मत बदर नहोस भन्ने उदेश्यले समग्र बिकास सेवा केन्द्रले लहान नगरपालिका वाडा नम्बर १ र २२ जहदी गमहरीयामा सम्पन्न भएको छ।

सेवा केन्द्रद्वारा मतदान कसरी गर्ने घर – घर गएर मत कसरी खसाल्ने भन्ने प्रशिक्षण दिने गरेका छन्।प्रत्येक दिन २०० सय घर धुरीलाई मतदाता शिक्षा दिने गरेका छन्।निरन्जना चौधरी
रेखा कडेल,उमेश दास,निसा चौधरी,रोहिसा चौधरी लगायतका ५ जनाले मतदाता शिक्षा दिने गरेका छन्।

मतदाता शिक्षा अन्तर्गत लहान नगरपालिका भित्र १ ,२ ५,६,७,९,१०,११,१२,१४,२२, वाडा मतदाता शिक्षा प्रत्येक दिन २ सय घर धुरीलाई दिएको समग्र बिकास सेवा केन्द्रका क्षेत्रीय संयोजक अरुण कुमार चौधरीले जानकारी दिनु भयो।

र नमुना मतदान अन्तर्गत गरीब दलित र बिपन्न परिवारहरुलाई मत खसालन सिकाउने अभिप्रायले नमुना मतदानको कार्यक्रम राखेका थिए। उक्त नमुना मतदान केन्द्रमा ईलाका प्रहरी कार्यालय लहानबाट ७ जना खटीएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित