आजको राशिफल – Aajako Rashifal

२०७९ वैशाख २६ गते, साेमवार, ९ मे २०२२। वैशाख शुक्लपक्ष अष्टमी तिथि, १४ः३९ बजेदेखि नवमी। अश्लेषा नक्षत्र, १३ः५० बजेपछि मघा। चन्द्रराशि– कर्कट, १३ः५० बजे उप्रान्त सिंह।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। पढाइलेखाइमा प्रतिभाको कदर हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
फाइदाका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। तापनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसोदेखि घरेलु काममा जुट्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नदेखि भने सहयाेगीहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। वादविवादले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने अभिव्यक्ति कलामा पनि निखारता आउनेछ। प्रशंसकहरू पनि बढ्नेछन्।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यवसायमा लगानी बढाउने समय छ। आकस्मिक खर्च बढ्नेछ तर आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। मध्याह्नदेखि मिहिनेतले आत्मविश्वास बढाउनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशेष भेटघाट र उपहारले मन आनन्दित हुनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ। तर ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। समयमा आलस्य गर्दा पछि धोका पाइनेछ। मध्याह्नपछि आफन्तहरू टाढिनेछन्। परिस्थितिवश फजुल खर्च बढ्न सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। लगनशील बन्दा नियमित काम सम्पादन हुनेछन्।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
चुनौतीपूर्ण काममा खटिनुपर्ने समय रहेकाले अलि सावधान रहनुपर्ला। जिम्मेवारी पनि बढिरहनेछन्। तर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्नाले काममा पछि परिनेछ। लाभांश अरूका लागि खर्चनुपर्ने स्थिति आउन सक्छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
चुनौती पन्छाउँदै काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले जिम्मेवारी पनि दिलाउनेछ। व्यापारमा राम्रो फाइदा हुनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मध्याह्नपछि विवादास्पद जिम्मेवारीले अप्ठ्याराे पर्न सक्छ। आफ्नैले काममा अवराेध पुर्याउनेछन्। नयाँ काम थाल्न हतार नगर्नुहाेला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरूका लागि समय खर्चनुपर्ला। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ। परिस्थितिले चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर दाम कमाउने बेला छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ। तर आकस्मिक यात्राले नियमित काम राेकिन सक्छ। विवादास्पद अभिव्यक्तिले समस्या निम्त्याउने हुँदा समयमा हाेस पुर्याउनुहाेला। परिस्थितिवश अध्ययनमा त्यति समय दिन नसकिएला। दिउँसाेदेखि अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। सानोतिनो समस्याले पनि अल्झाउन सक्छ। गाेपनीयतामा ध्यान पुर्याउनुहाेला।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। सुरुमा केही चुनौतीहरू देखिए पनि मध्याह्नपछि विभिन्न अवसर प्राप्त हुनुका साथै स्थितिमा सुधार आउनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। खर्च लागे पनि स्राेतसाधन जुट्नाले मन उत्साहित हुनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै अवसर प्राप्त गर्न सकिनेछ। मध्याह्नपछि भने खर्च बढ्नाले समस्या पर्न सक्छ। काम बिग्रनाले प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot