नवलपरासी / २५ वैशाख
पश्चिम नवलपरासीमा स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छ ।
सबै पार्टीका तथा स्वतंत्र उम्मेदवारहरू चुनावमा आ-आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छ ।
त्यस्तै प्रतापपुर गाउँपालिकामा जनता प्रगतिशील पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उमेदवार करम हुसेन अन्सारी जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् ।
उनलाई विजयी बनाउन गाउँपालिकाका जनता साथ र समर्थन दिदै आएका छन् ।

जनता प्रगतिशील पार्टी निकट नेता अध्यक्ष पदका उमेदवार अन्सारीलाई अध्यक्ष बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् । 
अन्सारीले यो पालि गाउँपालिका अध्यक्ष पदमा आफूलाई जनताले जिताउने भन्दै उमेदवारी दर्ता गराएका थिए ।
उपाध्यक्ष वडाध्यक्ष ,सदस्य लगायत पदका उम्मेदवारहरू सहित अन्सारी घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् ।
अध्यक्ष पदका उम्मेदवार अन्सारीले आफूलाई जनताले विजयी बनाए भने गाउँपालिकाका पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए ।
अन्सारी गाउँपालिका वासीमा लोकप्रिय बन्दै गएका छन् । 
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

