सुरेश कुमार पांण्डेय / कपिलबस्तु १५ मंसिर देशभरका ३९६ स्थानीय तहहरुमा सरकारले आज एकसाथ अस्पताल शिलान्यास गरेको छ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँचका लागि ती स्थानीय तहमा १५ शैया सम्मका अस्पताल शिलान्यास हुने क्रममा कपिलबस्तुको ३ स्थानीय तहमा पनि अस्पतालको शिलान्यास गरिएको हो । ४४ हजार जनसंख्या रहेको कपिलबस्तुको यशोद्धरा गाउपालिकामा ५ शैया अस्पताल, ५८ हजार जनसंख्या रहेको शुद्धोधन गाउपालिकामा १० शैया र ४८ हजार जनसंख्या रहेको मायादेवी गाउपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ । शिलान्यास भएका ती अस्पताल दुई वर्ष भित्रै सञ्चालनमा ल्याइने सरकारको तयारी छ । ती अस्पताल बनाउन र उपकरण जोड्न रु.५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ खर्च हुनेछ । पाँच शैय्याको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी हुनेछन् । त्यस्तै १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी हुनेछन् । १५ शैयाको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।