Rashtriya Dainik

करेन्ट लागे एक जनाको मृत्यु सन नेपाल् इन्स्योरेन्स लहानद्वारा ११ लाख आर्थिक सहयोग

महेश सिंह सिरहा लहान २४ बैशाख – सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो गोबिन्दपुर बस्ने बुवा मिसर खङ्ग र आमा बुधनी देवी खङ्गको ३२ वर्षिय राजेन्द्र खङ्गलाई विद्युतको लापरबाहीको कारणले गर्दा ११ हजार भोल्टको तारमा करेन्ट लागे घटना स्थलमै मृत्यु भएका छन्।

ग्रामिण भेगमा विद्युत प्राधिकरण सप्तरीले ११ हजार भोल्ट भएको करेन्टको तार भुइँ भन्दा थोरै नजिकै भएकोले युवाको गाउँमै करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताए।खङ्गलाई एक श्रीमती र एक छोरा र ३ छोरी रहेका छन्।घरको आर्थिक अवस्था निकै कमजोर रहेको स्थानीयको भनाई छ्।

मृतकको श्रीमतीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले बिमालेख नम्बर FE1000079894 भएको र बिमा जारी मिती २०२१/४/१५ गते वैदेशिक रोजगार बिमा र साउदी अरेबियाको लागी श्रम गराएका थिए।

खङ्गलाई करेन्ट लागेको भोलिपल्ट नै उनलेे साउदी अरेबियाको लागी चाईना नेशनल केमीकल इन्जिनियरिङ कन्ट्रक्सन कम्पनी लिमिटेडमा स्किल आईरनलेवरमा वैदेशिक रोजगारको लागी श्रम गराएका थिए। उनलाई स्वदेशमै मृत्यु भएको थियो। मृतक परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले आर्थिक सहयोग स्वरुप ११ लाख सहयोग गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित