कृष्णनगर, बैशाख २५
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छl
सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छनl
कृष्णनगर नगरपालिका वडा नं १ जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष पदका उमेदवार राहुल पाण्डेय जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन्
उनलाई विजयी बनाउन वडाका जनता साथ र समर्थन दिदै आएका छन्l
जनता समाजवादी पार्टी निकट नेता वडाध्यक्ष पदका उमेदवार राहुल पाण्डेय लाई वडाध्यक्ष बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् l
पाण्डेय यो पालि वडाध्यक्ष पदमा आफूलाई जनताले जिताउने भन्दै उमेदवारी दर्ता गराएका थिए। वडाध्यक्ष पदका उम्मेदवार पाण्डेय घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् l
पाण्डेय लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । वडाध्यक्ष पदका उम्मेदवार पाण्डेय आफूलाई जनताले विजयी बनाए वडाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए l पाण्डेय वडावासि माझ लोकप्रिय बन्दै गएका छन् l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

