रंजित चौरसिया,बारा, २४ बैशाख । बाराको फेटा गाउपालिकामा नेपाली कांग्रेसले भव्य रयाली निकालेको छ । स्थानीय तहको निर्वाचन नजिक्दै जादा नेपाली कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गर्दै भव्य रुपले आफ्नो रयालीको आयोजना गरेको हो ।
बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेपाली कांग्रेसलाई नै मतदान गर्न आग्रह गर्दै उम्मेदवार चन्देश्वर दुबेको अध्यक्षतामा निस्केको रयाली फेटा गाउपालिकाको १७ वटै गाउहरुमा आफ्नो भव्य रयाली प्रदर्शन गरेका छन । कुनैपनि पार्टी खराब नहुने, व्यक्ति खराब हुने गरेको भन्दै आफ्नो अमुल्य मत नेपाली कांग्रेसलाई नै गर्ने उम्मेदवार दुबेले आग्रह गरेका हुन ।
बिगत ५ बर्षदेखी भ्रंष्टाचारको अखडा बनेको फेटा गाउपालिकामा अन्तय गर्नको निम्ति, कृष्कहरुको समस्याको निम्ति, शिक्षा र स्वास्थ्यको निम्ति, युवाहरुको रोजगारी तथा उज्जवल भविष्यको निम्ति, गुन्डागर्दीराज समाप्त गर्नको निम्ति उम्मेदवारी दिएको चन्देश्वर दुबेले जानकारी दिनुभयो । उहाले फेटा गाउपालिकावासीहरु संग आग्रह गर्दै यसपालिको निर्वाचनमा मतदान गरी आफुलाई निर्वाचित गराउन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसतर्फबाट उम्मेदवारी दिनु भएका चन्देश्वर दुबेले यस अनलाईन संग कुरा गर्दै स्थानीय तहको निर्वाचनमा कुनै पार्टी चिनेर होइन व्यक्ति बिशेषमा मतदान गर्न आग्रह गर्नुभयो । भ्रष्टाचारी, अपराधी अथवा गुन्डागर्दी गर्नेहरुको जमातलाई केही रकममा सहयोग नगर्न फेटा गाउपालिकावासीहरुलाई आग्रह गर्नुभयो । भ्रष्टाचारीलाई जिताए कुनैपनि हालतमा भ्रष्टाचार समाप्त भएर नजाने, अपराधीलाई जिताए अपराध मौलाउछ, गुन्डालाई जिताए, गुन्डागर्दी बढेर जान सक्ने सम्भावना भएकोले सोचेर बुझेर मतदान गर्न फेटा गाउपालिकावासीलाई आग्रह गरे ।
नेपाली कांग्रेसले आयोजना गरेको रयालीमा हजारौको संख्यामा मोटरसाइकल सहित १० वटा चार पांग्रे रहेको स्थानीयले जनाएका छन । स्थानीयले जनाए अनुसार करिब ३ हजारको संख्यामा फेटा गाउपालिकावासीको सहभागिता रहेको जनाएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

