Rashtriya Dainik

क्षेत्र बाहिरका कार्यकर्ता बोलाइ पेट्रोल पम्प मै लगाइयो पार्टीको नारा

कलैया २४ बैशाख ।बाराको फेटा गाउँपालिकाका पूर्व मेयर तथा नेकपा एमालेका उम्मेदवार अमिरिलाल प्रसाद साह कलवारले पेट्रोल पम्पमै पार्टीको नारा लगाएको भिडियो सार्वजनिक भएको छ । फेटा गाउँपालिका वडा नम्बर १ नजिकै रहेको पेट्रोल पम्पमा तेल दिने बहानामा सर्व सधारणलाइ बोलाइ पेट्रोल पम्पमै नारा लगाउन लगाएका हुन ।

फेटा गाउपालिका र बाहिरका कार्यकर्तालाइ बोलाइ पेट्रोलको लोभमा बोलाइएको कार्यकर्तालाइ जम्मा गरि पार्टीको नारा लगाएको स्थानीयले बताएका छन । स्थानीयले जनाए अनुसार बिगतको दिनमा जनता समाजवादि फोरमबाट उम्मेदवारी दिएका अमिरिलालले यस पटक पार्टीको हित विपरीत कार्य गरेको भन्दै टिकट नदिए पछि १० लाखको प्रलोभनमा नेकपा एमालेको टिकट लिइ उम्मेदवारी दिएको बारे ब्यापक चर्चाको बिषय बनेको छ ।

५ सालदेखि मेयर पदमा रहि काम गरेका उम्मेदवार सङ्ग स्थानीय सङ्गै पार्टीका पदाधिकारी रूस्ट भएपछि रातारात १० लाखमा नेकपा एमालेको टिकट खरिद गरि उम्मेदवारी दिइएको फेटाकै स्थानीयहरूले बताएका छन । आफ्नो क्षेत्रमा चाहे जतिको बिकाश गर्न नसकेका मेयरलाइ आफुहरू कुनै हालतमा स्विकार गर्न नसक्ने फेटावासिले नै बताउन थालेका हुन ।

बिगत पाच सालदेखि कमाएको आकुत सम्पत्तिको भरमा पुन: चुनाव लडेका कलवारले आज बिहान आफ्नो क्षेत्र बाहिरका कार्यकर्तालाइ बोलाइ रयालि समेत निकालिएको एक भिडियो क्लिपबाट प्रमानित भएको छ । फेटा गाउपालिकावासिलाइ हालको समयमा मुर्ख बनाउनकै निम्ति पैसाको भरमा बाहिरबाट कार्यकर्ता बोलाइ पेट्रोल पम्प मै आफ्नो पार्टीको प्रचार प्रसार गराउन लगाएको बारे एक भिडियो क्लिपबाट प्रमानित भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित