नवलपरासी / २४ वैशाख
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.७ मा वाडाध्यक्षको उमेदवारमा हरेन्द्र यादव बलियो उमेदवारी बन्दै गएका छन् । घर्दैलो कार्यक्रम र भोट्मागनमा ब्यस्त देखिएका हुन ।
उनको नेपाली कांग्रेस निकट पार्टीबाट बृहत जनसहभागीतामा उमेदवारी दिएका छन ।
प्रतापपुर ७ मा कांग्रेस र जनता प्रगतिशील पार्टीका कडा प्रतिस्पर्धा हुने आजको माहोलले संदेश दिएका छ ।

राजनीति पृष्ठभुमि परिवारको जिम्मेवारी बोकेका यादव हाल नेपाली कांग्रेसमा निकै सकृय भुमिका निर्वाह गर्दै आएका हुन् । उनी पछिल्लो समयमा वडाध्यक्ष साेमेत रहेका थिए ।
जनताको भावना र अपेक्षा अनुसारको निर्माणको काम विकास गरेका र केही योजनाहरू अधुरो रहेकाले तथा प्रतापपुर वडा न.७ लाई परिवर्तन मुखी समाज निर्माण गर्न आफु फेरि वडाध्यक्ष पदको लागी उमेदवारी दिएको घोषणा गरेका हुन ।

गरीब दलित र असहाय समुदायलाई उकान र गरीबीको रेखामुनिबाट माथी उकास्न समृद्ध समाज निर्माण गर्न आफुले उमेदवारी दिने घोषणा गरेका हुन ।
बिगत लामो समय देखि राजनीतिमा सकृय रहेका नेता यादवले प्रतापपुर ७ का उमेदवारका लागि निकै चर्चामा रहेका छन
।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

