नवलपरासी / २४ वैशाख
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका लागी नेकपा माओवादी केन्द्र निकटबाट गाउँपालिका अध्यक्ष पदका लागी धिरज त्रिपाठीले उमेदवारी दिएका छन् ।
वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा पुनः दोहरीन घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन् ।

घरदैलो अथवा भोट माग्दै त्रिपाठीले सर्वसाधारण जनता संग आउने निर्वाचनमा बिजय भइयो भने शिक्षा स्वास्थ र कृषि साथै गाउँपालिका स्तरमा देखिएको समस्यालाई सामाधान गर्ने त्रिपाठीले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ माओवादी केन्द्रलाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।

मेरो चुनावी माहोल ठिक छ जनताले मुल्यांकन गरेका छन् , आफुलाई जनताले बहुमतले जिताउनु हुन्छ पुर्ण बिस्वस्त रहेको त्रिपाठीले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

