पुरन अधिकारी ,पश्चिम नवलपरासी
बिगतका निर्वाचनहरुमा युवा उम्मेदवारहरु बिरलै देखिन्थे भने २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भने देशै भरि पार्टीको समर्थन र स्वतन्त्ररूपमा समेत युवाहरुको उम्मेदवारी अाशा लाग्दो र प्रशसनिय रहेको छ ।यसबाट युवाहरू देश र देशको विकास र उन्नति प्रती अति संबेदनसिल एवं जागरुक भएको समेत अाभाष हुन्छ ।
समृद्ध सुनवल सुखी सुनवलबासी भन्ने नारालाई साकार पार्न नगर प्रमुख ,उपप्रमुख देखि सुनवलका १३ वटै वडामा नेकपा एमाले का उम्मेदवारहरु विजय हुनुपर्ने धारणा व्यक्त गर्नुहुन्छ सुनवल वडा नं ३ बाट नेकपा एमालेमा वडा अध्यक्षको पदमा उम्मेदवारी दिनुहुने युवा नेता बद्रीमान श्रेष्ठ “म भष्टचार गर्दिन ,गर्न दिन्न र गरेको सहन्न ” भन्ने युवा नेता श्रेष्ठको राजनिती यात्रा भने स्कुले जीवन श्री महाकवि देवकोटा माध्यमिक विधालयमा अध्यनरत छदै अनेरास्ववियुबाट शुरु भएको हो ।अाफ्नो क्षेत्रमा सामाजिक कार्यमा सदैब तत्पर भई जनताको हित र उन्नतिकालागि लागि पर्ने बद्रीमान श्रेष्ठ नेपाल सरकार भुमिहिन सम्बन्धि समस्या समाधान अायोग पश्चिम नवलपरासीको सदस्यमा रहि काम समेत गरेका श्रेष्ठले अाफ्नो वडाका नेकपा एमालेका सम्पूर्ण टिम सहित नगरपालिका भरिनै नेकपा एमालेलाई विजय गराउन नगरबासीमा अनुरोध समेत गर्नुभएको छ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गर्दै हिजोअाज मतदाता वडाबासी जनताको घरदैलोमा भेटघाटमा व्यस्त हुनुभएका श्रेष्ठ प्रति वडाबासीको समेत ठुलो अाशा र अपेक्षा रहेको छ।घरदैलोको क्रममा मतदाताहरुले गाउँ टोलमा विधमान समस्याहरु सुनाउदै विजय भए पश्चयात सबै समस्याहरु श्रेष्ठ द्वारा क्रमशः निराकरण हुनेमा विश्वस्त रहेको समेत बताउँछन् ।कृषि ,पशुपालन र सिचाइको उचित व्यवस्थापन ,शिक्षा स्वास्थ्य र खेलकुदमा सुधार ,घर-घरमा पाँच हजार लिटर सम्म निशुल्क खानेपानी ,विधुतको सहज पहुँच , धार्मिक एवं प्राकृतिक सम्पदाहरुको उचित संरक्षण ,दुई या दुई भन्दा बढि वाडहरु सङ्ग जोडिने बाटो र पुलहरुलाई विशेष प्राथमिकता दिई निर्माण जस्ता विषयबस्तुहरु श्रेष्ठले सुनवल वडा नं ३ का लागि अाफ्नो प्रतीबद्धतामा समावेश गर्नुभएको छ।
स्मरणरहोस सुनवल नगरपालिकामा नेकपा एमाले सङ्ग गठबन्धन (नेपाली काङ्ग्रेस र नेकपा माअोबादि) बिच प्रतिस्पर्धा हुने देखिएको छ ।सुनवल नगरपालिकामा नेकपा एमाले बाट नगरप्रमुखमा विमला अर्याल र उपप्रमुखमा सुर्य कुमार दुबेको उम्मेदवारी रहेको छ भने बद्रीमान श्रेष्ठको वडा सुनवल वडा नं ३ मा २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेका कर्ण बहादुर सेन वडा अध्यक्षमा विजय भएका थिए भने अहिलेको निर्वाचनमा श्रेष्ठको काङ्ग्रेसका प्रवीण गुरुङ सङ्ग प्रतिस्पर्धा हुने देखिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

