Rashtriya Dainik

अलौमा गठबन्धन र एमाले बिच कडा प्रतिस्पर्धा : एमालेको अग्रस्तानमा

वीरगंज २३ गते
वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ साबिक वडा नम्बर ४ मा नेकपा एमालेको चुनावी प्रचारप्रसार रात्रि सभा कार्यक्रम समपन्न भएको छ।

नेकपा एमालेको तर्फवाट वीरगंज महानगरपालिका वडा १७ का उम्मेदवार संजु छतकुलीले बिकास , शिक्षा , स्वास्थ र बिकासको समृद्धि र खुल्ला दिशा मुक्त लगाएतका एजेन्डाहरु पहिलो प्राथमिकताको साथ नारा दिदै अाफ्नो पक्षमा मतदान गर्न अाग्रह गर्नुभएको थियो।

वीरगंज महानगरपालिका वडा नम्बर १७ का गाऊ एकाई कमिटीका अध्यक्ष हरेराम पटेलको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि संजु छतकुलीको प्यानललाई जिताउनको लागि युवाहरु नेकपा एमालेमा प्रबेश गरेका छन्।

उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य उसमान अंसारी , युवा नेता छोटेलाल साह तेली , प्रचारप्रसार समितिका संयोजक अजय साह तेली , अकलेश श्रिवास्तव, नगर सदस्य राधा यादव, वडा सदस्य उम्मेदवार अमोद यादव , शेख नेसार अहम्द लगाएतका नेता कार्यकर्ता तथा त्यो सभामा करिव ३०० जना मानिसहरुको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित