नवलपरासी ,२३ बैशाख ( महेश यादव )
बैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिँदै जादाँ पश्चिम नवलपरासीको सरावलमा एमालेकाे जनलहर देखिएको छ ।
दक्षिण भेगमा रहेको छिमेकी देश भारत र नेपालको सिमाना देखि चुरे पहाडसम्मब आेगेटेकाे लामो भुभाग संगै सरावलमा बसाेबास गर्ने स्थानीय जनताहरुमा नेकपा एमालेकाे जनलहरले जित हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
नेकपा एमाले तर्फबाट सरावल गाउँपालिका अध्यक्ष पदका उमेदवार सुखाडि प्रसाद चाैधरी र उपाध्यक्ष पदका उमेदवार बासमति हरिजले समृद्ध सरावल निर्माणकाे उदेश्य लिएर सरावल गाउँपालिकालाई शिक्षा स्वास्थ राेजगार र बाटाेघाटाे लगाएतकाे सुविधा सम्पन्न सरावल बनाउने उदेश्यलाई पूरा गर्नलाई दिएको उमेदवारीसंगै सरावलमा एमालेकाे जनलहर छाएको हाे । नेकपा एमालेका जनप्रिय नेताहरुले मात्र देश र जनताको विकास हुने भएको भन्दै सरावलमा एमाले सरकार बनाउने उदेश्य लिएर जनताहरुले एमालेकाे पक्षमा देखिएका छन ।
समाजसेवामा लामो समयदेखि जीवन ब्यक्तित गर्दै आएका नेकपा एमालेका जनप्रिय नेता सुखाडि प्रसाद चाैधरी र बासमति हरिजनले सिङ्गो सरावल गाउँपालिका र सरावल गाउँबासिहरुकाे हितका लागि विभिन्न प्रतिबद्धताका साथ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा आफ्नो उमेदवारी दिइएको बताएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

