Rashtriya Dainik

जनताको सेवा र समस्या समाधान मेरो पहिलो प्राथमिकता हो,भोट आई रहन गई रहन्छ-संतोष पटेल

बिरगंज २३ बैशाख
युवा नेता संतोष पटेलको पहलमा अासवारीमा बिजुली बालेका छन।युवा नेता संतोष पटेल नेकपा माअोबादी केन्द्रबाट धोबिनी गाँउपालिकाबाट गाउँपालिका अध्यक्ष पदको उमेदवार रहेको हो ।गाउँपालिका अध्यक्ष पटेलले यो सराहनीय काम गरेर धोबिनी गाउँपालिकाका जनताहरुको दिल जितेका छन। धोबिनी गाउँपालिका वडा नम्बर २ अासवारीमा ६ महिना देखि विद्युत आपूर्ति बन्द रहेकोले अासवारीको जनताहरुले अन्धकारको जिन्दगी बाचन बाध्य रहेको थियो। भिखमपुरको अासवारीमा रहेको बिधुत उपभोक्ता समितिले जनताहरुसंग बिधुत महसुल उठाएर नेपाल बिधुत प्राधिकरण पोखरियामा नबुझाएको कारण बिधुत महसुल लाखौ रुपया बक्यवता रहेकोले अासवारीको बिधुत लाईन काटिएको थियो।
विगत ६ महिना देखि विद्युत आपूर्ति बन्द भएको थियो । अाज नेकपा माअोबादी केन्द्र बाट धोबिनी गाउँपालिका अध्यक्ष पदका उमेदवार संतोष पटेलले अाफु पहल गरेर अासवारी मा बिजुली लाईन डोडवाई अहिले जनताहरुको नजरमा हिरो बनेका छन।अासवारीको महिला ,पुरुष र बृदाहरुले संतोष पटेल लाई हसुवा हथौडीमा भोट दिएर जिताउन बताएका छन। पटेल जनताहरुको दुख शुखमा साथ दिएर जनप्रेमी नेता बनेका छन ।यसको पहिला भिखमपुरमा रहेको प्राथमिक स्वास्थ केन्द्रमा ३ वर्ष देखि बन्द रहेको बिधुत लाईन संतोस पटेलको पहलमा सुचारु गराएर हिरो बनेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित