Rashtriya Dainik

नेपाली काङ्ग्रेस सरावलका उम्मेदवार चुनावी घोषणा पत्र लिएर घरदैलोमा व्यस्त

नवलपरासी , २३ बैशाख ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा ३ र ४ मा नेपाली कांग्रेसका उम्मेदवारहरुले बिहीबार घरदैलो सम्पन्न गरेका छन् ।

पार्टीबाट नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल , सरावल सभापति बिनाेद कुमार पाण्डेय तथा पालिका अध्यक्ष पदका उम्मेदवार अनिल कुमार गाैड , उपाध्यक्ष पदकि उम्मेदवार उत्तमा राय , वडा अध्यक्ष पदका उम्मेदवार बदरुलह खाँ र वडा सदस्यहरु सहित सयबढि पार्टीका कार्यकर्ताहरुका साथ घरदैलो कार्यक्रम गरिएको हो ।

गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अनिल कुमार गाैड र उपाध्यक्ष पदकि उम्मेदवार उत्तमा रायले आफनो चुनावी घोषणा पत्र लिई मतदाताको दैलोमा पुगेर मत माग्नमा व्यस्त देखिएका छन् । उम्मेदवारहरुले घरदैलोमा तिब्रता दिदै वडा वडामा घरदैलो कार्यक्रम गर्दैछ ।

यस पटक पालिकामा नेपाली कांग्रेसको माहोल निकै बढदै गएको छ । पालिकामा नेपाली कांग्रेस, एमाले ,जसपा, माओबादी केन्द्र, लोसपा र राप्रपा प्रतिस्पर्धामा देखिएको छ । अनिल कुमार गाैड विगत लामो समयदेखि समाजिक तथा राजनितिक क्षेत्रमा सक्रिय भई जनताको सेवा गर्दै आएको व्यक्ति रहेकाले उनी प्रति जनताको समर्थन बढदै गएको छ।

त्यस्तै गाउँपालिमा राप्रपा , एमाले,जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, माओबादी केन्द्र सहितका साना दलहरु पनि आ–आफनो चुनावी एजेण्डा लिएर घरदैलोमा व्यस्त देखिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित