Rashtriya Dainik

बहुसंख्यक समर्थकका साथ मेयर उमेदवार रजत शाहको बहादुरगंजमा घर दैलो

कृष्णनगर, कपिलवस्तु , बैशाख २३

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंज बजारमा कृष्णनगर नगरपालिकाको नेपाली कांग्रेस नगर प्रमुख पदका उमेदवार रजत प्रताप शाह बहुसंख्यक समर्थकका साथ घर दैलो अभियान गरेका छन् l
कृष्णनगर नगरपालिका वडा नं ९ काग्रेसको वडाध्यक्ष उमेदवार मंगल प्रसाद गुप्ता तथा वडा नं ८ का वडाध्यक्ष उमेदवार राम कपुर चौधरी लगायत कांग्रेस पार्टीका समर्थक उक्त अभियानमा समावेश रहि जनता संग भोट माग्न व्यस्त रहेका थिए l

बहादुरगंज चोकमा आफ्नो मन्तव्य राख्दै मेयर उमेदवार रजत प्रताप शाहले आफू पांच बर्ष जनताको बिचमा रहि जनता प्रति वफादार रहि काम गरेको र आफूले धर्म, जातपात, भन्दा मानवतावादी भै जनता प्रति समर्पित रहेको बताउदै नगर भित्र चलिरहेको विकासका कार्यलाई निरन्तरता दिने चाहना रहेकाले पुन स्थानीय चुनावमा भोट दिएर आफूलाई जिताउन सबैसंग अनुरोध गरेका थिए l

नि वर्तमान नगर प्रमुख रजत प्रताप शाह बहादुरगंजको प्रत्येक घरमा पुगि आफूलाई पुन एक पटक भोट दिन मतदाता संग आग्रह गरेका थिए l
निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा नेपाली कांग्रेस पार्टी लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित