उत्तमकुमार थापा बझाङ
जयपृथ्वी नगरपालिका वडा नम्बर ११ घर भएका एक जनाले आत्महत्या गरिरहेको अवस्थामा फेला परेका छन ।
नगरपालिकाकाे वडा नम्बर ११ काे पिठालेक घर भएका बर्ष ३५ का देव बहादुर थापाले आज दिउसाे आत्महत्या गर्न सल्लाकाे रुखमा गई झुण्डिदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर बिष्टले देखेपछि तत्काल प्रहरीले उनलाई बचाउन सफल भएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।
उनी चैनपुर बाट पिठालेक जाने बाटाेका नजिकै रहेको सल्लेरीकाे सल्लाकाे रुखमा झुण्डिदै गरेको अवस्थामा भेटिएका थिए । यस्तो अवस्थामा फेला परेपछि डिएसपी बिष्टकाे टाेलीले तत्काल उद्वावर गरेर जिल्ला अस्पताल लिएकाे थियाे । डिएसपी ज्ञानबहादुर बिष्टले भने तत्काल आत्महत्या हुन बाट बाचाउन सफल भएका छाै ।
उनी दिउँसो ३:३० बजेको समयमा यसरी भेटिएका थिए । अहिले उनलाई जिल्ला अस्पतालमा उपचार भईरहकाे छ । तर अवस्था सामान्य रहेकाे उहाँको डिएसपी बिष्टले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

