Rashtriya Dainik

राष्ट्रको हित र संविधानको रक्षाका लागि गठवन्धनबीच चुनावी तालमेल : महामन्त्री शर्मा

नवलपरासी ,२२ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कस्तो उम्मेदवारलाई नगरको जिम्मेवारी सुम्पिने मतदाताको चिन्तनको बिषय भएको बताएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी संयुक्त गठबन्धनद्धारा सुनवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले आफू र आफ्नो दललाई विजय बनाउने भन्दापनि जिम्मेवार र जनताको प्रतिनिधित्व गर्दै बिकास गर्न सक्ने व्यक्तिलाई विजयी बनाउनु चुनौतीपूर्ण विषय भएको बताए ।

शर्माले मतदान गर्दा आफु, आफ्नो परिवार, समाज र नगरको हितलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमा आफ्नो मत व्यक्ति परिवार र राष्ट्रको हितमा छ छैन भन्ने ख्याल गर्नुपर्ने बताए ।

गठवन्धनको तालमेल कुनै दलसंग डराएर नभई राष्ट्रको समग्र हित र संविधानको रक्षाको लागि भएको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले गत स्थानीय तहमा कल्पना गरेका कुरा पुर्ण नसकेको नपाएको बताए । स्थानीय तहलाई बलियो बनाउन सके पालिकाको मुहार फेर्न सकिने उनको भनाई छ । नेता क्षेत्रीले सिंहदरवार गाँउगाँउमा पुर्‍याउने उद्देश्यसहित अघिल्लो स्थानीय तहको निर्वाचनबाट जनताले अनुभुति गर्न नपाएको कुरालाई पुरा गर्न गठवन्धनको चुनावी तालमेल भएको बताए ।

आम सभामा नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेल, नेपाली कांग्रेस लुम्विनी प्रदेश महामन्त्री विक्रम खनाल, नेपाली कांग्रेस प्रदेश कमिटी सदस्य भिमबहादुर थापा, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भविश्वर तिवारी (आजाद), नेकपा मालेका पोलिटव्युरो सदस्य मनशोभा पाण्डे, नेपाली कांगेसका जिल्ला सभापति एवं सुनवल नगरका नगर प्रमुखका उमेद्वार अर्जुन कुमार पोखरेल, उपप्रमुखका उम्मेद्वार लेखनाथ खरेल लगायतले समग्र सुनवल नगरपालिकाको विकासका लागि गठवन्धनको स्थानीय सरकार अत्यन्त आवश्यक रहेको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित