Rashtriya Dainik

पाल्हीनन्दनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र सहानी घरदैलोमा व्यस्त

नवलपरासी , २२ बैशाख । पाल्हीनन्दन गाउँपालिका वडा ४ मा नेपाली कांग्रेसका उम्मेदवारहरुले बुधबार घरदैलो सम्पन्न गरेका छन् ।

पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजेन्द्र सहानी, उपाध्यक्ष पदकि उम्मेदवार सकिना फातिमा खातुन, वडा अध्यक्ष पदका उम्मेदवार रबिन्द्र सहानी र वडा सदस्यहरु सहित सयबढि पार्टीका कार्यकर्ताहरुका साथ घरदैलो कार्यक्रम गरिएको हो ।

गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजेन्द्र सहानी र उपाध्यक्ष पदकि उम्मेदवार सकिना खातुनले आफनो चुनावी घोषणा पत्र लिई मतदाताको दैलोमा पुगेर मत माग्नमा व्यस्त देखिएका छन् । उम्मेदवारहरुले घरदैलोमा तिब्रता दिदै आज विहिवार वडा ५ मा घरदैलो कार्यक्रम गर्दैछ ।


राजेन्द्र सहानी गत चुनावमा झिनो मतान्तरले पराजति भएकाले यसपटक उनी प्रति मतदाताहरुको सिम्पैथी बढदै गएको छ ।

गाउँपालिकामा कुल ६ वटा वडाहरु छन् । गत चुनावमा जितेका जनप्रतिनिधिले जनताको अपेक्षा अनुसार काम गर्न नसकेपछि गाउँपालिकाका मतदाताहरुले पुरानो सरकार फेर्ने चक्करमा छन् ।

यस पटक पालिकामा नेपाली कांग्रेसको माहोल निकै बढदै गएको छ । पालिकामा नेपाली कांग्रेस, जसपा, माओबादी केन्द्र, लोसपा प्रतिस्पर्धामा देखिएको छ । राजेन्द्र सहानी विगत लामो समयदेखि समाजिक तथा राजनितिक क्षेत्रमा सक्रिय भई जनताको सेवा गर्दै आएको व्यक्ति रहेकाले उनी प्रति जनताको समर्थन बढदै गएको छ।

त्यस्तै गाउँपालिमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, माओबादी केन्द्र सहितका साना दलहरु पनि आ–आफनो चुनावी एजेण्डा लिएर घरदैलोमा व्यस्त देखिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित