बैशाख २२ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी को संयुक्त गठवन्धले चुनावी अभियानलाई तिव्रता दिएको छ । प्रत्येक वडाका उम्मेदवारहरु घरदैलो अभियान संगै सुनवलको समग्र विकासको लागी आफुहरु कटिवद्ध रहेको जनाएको छ । गठवन्धनले आज सुनवल नगरपालिका वडा नम्वर ६ र १२ लगाएत विभन्न वडामा प्रचार प्रसार तिव्रता दिएको जनाएको छ ।
सोहि क्रममा वडा नम्वर ६ मा कृष्ण अर्याल लगाएत आधा दर्जन भन्दा वढि नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका पार्टि प्रवेश गर्ने वडा नम्वर ६ मा एक महिना अगाडि नेकपा एमालेका करिव दर्जन कृयाशिल नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
चुनावी माहोल गठवन्धनकै पक्षमा आउने भन्दै सवै स्थानियह?लाई आफ्नो अमुल्य मत प्रदान गरि सुनवलको समग्र विकासमा सहयोग गर्न समेत सुनवल नगरबासीलाई गठवन्धनले आग्रह गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

