Rashtriya Dainik

महेन्द्र पाेख्रेलकाे प्रचार प्रसारमा तिव्रता बड्दाे ,थपिदै राैनकता

कल्पना कुँवर /नवलपुर,बैशाख २२
महेन्द्र पाेख्रेलकाे प्रचार प्रसारमा तिव्रता बड्दाे ,थपिदै राैनकता
नजिकिदै गरेको अासन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै घरदैलो तथा चुनावी सभालाई सम्बाेधन गर्नुहुँदै नेपाली कांग्रेस कावासाेति नगरपालिका मेयरका उम्मेदवार महेन्द्र पाेख्रेलले समृद्ध नगर बनाउन विकासको लागि अाफु कटिबद्ध रहेकाे बताउनुभयाे । मेयर पदका उम्मेदवार महेन्द्र पाेख्रेल र गठबन्धनबाट उपमेयरका उम्मेदवार पतिराम थनेत सहितका टोलीकाे घरदैलो अभियानमा तिव्रता अाउनुका साथै राैनकता पनि थपिएकाे छ। यसैक्रममा आज वडा नं १७ का विभिन्न स्थानमा घरदैलो सहित चुनावी सभा सम्पन्न गरेका छन् । बुधबार विहान देखि नै वडा नम्बर १७ काे डण्डा,गुडार,ढाेकि,गाेछडा लगाएतका क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । जनताको सुझावहरु ग्रहण गर्दै घरदैलो कार्यक्रमलाई तिव्रता दिनुभएका पाेख्रेलले कुनैपनि गुनासो नआउने गरि काम गरेर देखाउने , अाफु निर्वाचित भएकाे दुई बर्ष भित्र यहाका सुकुम्बासी समस्या समाधान गरि हरेक सुकुम्बासीकाे हातमा लालपुर्जा थमाउने दावि गर्नुभयाे। त्यस्तै किसानका साना भन्दा साना समस्यामा पनि काम गरेर देखाउने प्रतिवद्धता ब्यक्त गर्नुहुदै घरदैलोमा मत माग्दै आफ्नो समुहलाई मतदान गर्न मेयर पदका दावेदार पाेख्रेलले आग्रह गर्नुभएको थियो । त्यस्तै कावासाेती नगरपालिका वडा नम्बर १७ मा सर्प दंसकाे अत्याधिक समस्या रहेकाे स्थानियहरुकाे गुनासाेलाई सम्बाेधन गर्नुहुदै अबका दिनमा शिक्षा स्वास्थ्य र राेजगारबाट टाढा हुन पुगेकाे वडालाई सम्पूर्ण सेवा सुविधाको पहुंचमा पुर्‍याउने अाफ्नाे पहिलो दायित्व रहेकाे भन्नुहुदै यस क्षेत्रकाे जमिनमा बैज्ञानिक कृषि प्रणालीको अवधारणा ल्याउने मेयरका उम्मेदवार पाेख्रेलले बताउनुभयाे। सम्पूर्ण यश वडाका समस्या नै मध्यवर्ती बन्न पुगेकाे र यसलाई भाविदिनमा सहज बनाई समाधानकन पाटाे बनाउदै जाने पाेख्रेलकाे भनाइ छ। त्यसैगरि अाज कावासाेती नगरपालिका ९पुरानाे कावासाेती,१०मगरकाेट,१४ हेगाैलि,१५ सेरगञ्ज,१६ डण्डा र १७ गाेछडा गरि ६ वटा वडाहरुमा घरदैलाे अभियान सम्पन्न भएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित