नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र प्रतापपुर गाउँपालिका नवलपरासीले पार्टीका ४ जना माथी कारवाहीको प्रक्रिया अगाडी बढाएको छ।
पार्टीले प्रदेश कमिटि सदस्य एवम् इन्चार्ज सुदामा कोईरी, लुम्बिनी प्रदेश कार्यालय सदस्य रामानन्द यादव, पुर्व जिल्ला सदस्य उत्रिचन हरिजन र सुरेन्द्र बढई शर्मालाई कारवाहीको प्रक्रिया अगाडी बढाएको हो ।
पार्टीले सम्पुर्ण उम्मेदवारहरुलाई अधिक बहुमतका साथ विज बनाउने ध्येयले पार्टीको नीति सिद्धान्त बमोजिम सम्पुर्ण कार्यक्रमहरु चुस्त दुरुस्त रुपमा सञ्चालन हुँदै पार्टीको सम्पुर्ण उम्मेदवारहरुलाई जिताउनको लागि पार्टीको नेता तथा कार्यकर्ताहरु निस्वार्थ रुपले पार्टीले दिएको निर्देशन र गाउँपालिकाको कार्य समितिको निर्णयअनुसार सभ्य र भव्य रुपले निर्वाचनको गतिविधिहरु गर्दै आइरहेको बेला निजि स्वार्थ र गुटबन्दीको कारण पार्टीको गोपनियता र योजनाहरु धरापमा पर्दा पार्टीले कारवाही प्रक्रिया अगाडी बढाएको कन्हैया लाल जायसवालले बताए ।
स्थानिय निर्वाचन २०७९ लाइ परिणाम मुखि बनाउनको निम्ती तपसिलमा उल्लेखित पार्टीको नेता तथा कार्यकर्ताहरुको गलत सोच, आर्थिक लोभ र गुटबाजीलाइ प्रसय दिइ रहेकोले निजहरुलाई पार्टीको नीति नियम बमोजिम अनुसाशनको उलंघन गरेकोमा अधिक्तम कार्यवाही गरि आग्रह समेत गरेको छ
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

