Rashtriya Dainik

आफ्नो नाम अनुसारनै जनताको हितका लागि दत्त भई काम गर्छु धरो धर्म: वडा अध्यक्ष पदका उम्मेदवार धर्मदत्त

पुरन अधिकारी ,पश्चिम नवलपरासी

यहि बैशाख ३० गते हुनगईरहेको स्थानीय चुनावलाई लक्षित गर्दै देश भरिनै चुनावी चहलपहल र विभिन्न पार्टीका घरदैलो एवं उम्मेदवार र मतदाता बिचको भेटघाट तिव्ररूपमा बढिरहेको छ।

यसै क्रममा पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पनि चुनावी चहलपहलले झन -झन तिव्रता लिदै गईरहेको छ। यस नगरमा विशेषतः नेपाली काङ्ग्रेस र नेकपा माअोवादि (गठबन्धन ) ,नेकपा एमाले,एकीकृत समाजवादी ,राष्ट्रिय प्रजातन्त्र पार्टी ,विवेकशील साझा पार्टी ,राष्ट्रिय जनमोर्चा लगायतका पार्टीहरुको घरदैलो र चुनावी प्रचार प्रसार हिजो अाज नगरभित्रका वडाहरुमा देख्न सकिन्छ ।

सुनवल नगरपालिकामा नगर प्रमुख नेपाली काङ्ग्रेसका अर्जुन पोख्रेल र उपप्रमुखमा नेकपा माअोवादिका लेखनाथ खरेलको गठबन्धनका तर्फबाट उम्मेदवारी रहेको छ।यहि गठबन्धनको सुनवल वडा नं ४ मा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्ष पदका लागि धर्मदत्त चापागाईंको उम्मेदवारी रहेको छ भने खुल्ला दुई सदस्यमा नेकपा माअोवादि ( गठबन्धन ) तर्फबाट दया जिसी र परशुराम बुढामगरले रुख चिन्ह लिई वडा सदस्य पदका लागि स्थानीय चुनावमा होमिएका छन् ।

क्षेत्रफलको हिसाबले नगरकै ठुलो वडा रहेको सुनवल वडा नं ४ मा चुनावी घरदैलो वडाको ९०% घरधुरीहरुमा पुगि मतदाता सङ्ग प्रत्यक्ष भेटघाट गर्ने गुनासो सुन्ने र अाफ्ना प्रतिबद्धता जनता माझ शेयर गर्ने कार्यक्रम सकिएको एवं चुनावी प्रचार प्रसार का लागि वडा का सम्पूर्ण टोललाई ११ वटा टोलमा विभाजन गरिएकोमा १० वटा टोलमा मतदाता सङ्ग घरदैलो गरि प्रत्यक्ष भेटघाट समेत सकिएको र अब एउटा मात्र बिहारिगाउँ टोल बाँकी रहेको नेपाली काङ्ग्रेस वडा नं ४ का वडा उपसभापति राम प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

घरदैलोको क्रममा वडाबासीहरुको ठुला ठुला सपनाहरु नरहेको र ती सपनाहरू लाई विपनामा विगतका यस क्षेत्रका जनप्रतिनिधिहरुले परिणत गर्न नसकेका र चासो पनि नदिएकाले ती स – सना समस्यारूपी सपनाहरु अबको गठबन्धनका जनप्रतिनिधिहरुले मात्र सम्बोधन र निराकरण गर्न सक्ने भन्दै मतदाताहरुले यस पल्ट रुख चिन्हमा मतदातान गरि वडा अध्यक्ष सहित सम्पूर्ण सदस्यहरुलाई वडावासीले विजय गराउनेमा अाफु विश्वस्त रहेको वडा अध्यक्षका उम्मेदवार धर्मदत्त चापागाईंले जानकारी गराउनुभयो ।

लामो समय देखि काङ्ग्रेसको नगर र जिल्लामा ट्रेड युनियनमा अाबद्ध रहि मजदुरहरूको हकहितका लागि काम गरेको अनुभव समेत रहेको सुनवल नगरपालिका वडा नं ४ बाट वडा अध्यक्षका लागि उम्मेदवारी दिनुभएको धर्मदत्त ले अाफुले जितेमा युवा लक्षित तालिम र कार्यक्रम ल्याउने र युवाहरुलाई स्वरोजगार बनाउने,खोला तटबन्धन र डुबान क्षेत्रमा नाला बिस्तार गर्ने , अव्यवस्थित बसोबास र बाटो घाटोलाई व्यवस्थि गर्ने ,कृषि र पशुपालनलाई सम्बोधन गर्दै कृषकका सम्पूर्ण समस्यालाई सम्बोधन गर्ने ,गरिबिका रेखामुनि रहेका र अपाङ्ग ,एकल महिलाहरुका लागि सहजता महशुस गराउँदै रोजगारमुखी ,जिविकोपार्जनमुखी कार्यक्रम ल्याउने ,विधुत र पानी जस्ता अतिअावश्यक विषयलाई प्रमुख प्राथमिकता मा राख्ने ,वडामा रहेका धार्मिक स्थलहरुलाई पर्यटकीय क्षेत्रमा परिवर्तन गर्ने र पवित्र महलपोखरी मन्दिरलाई नमुना एवं पर्यटकीय क्षेत्र गराउदै यहाँ सम्म पुग्ने बाटोको सुधारका लागि सरोकारवाला लाई झकझकाउने समेत बताउदै वडा वासीले विकासको स्वाद चाख्न विकास फलाउन सक्ने रुख चिन्हमा मतदान गरि बहुमतले वडा अध्यक्ष सहित सम्पूर्ण सदस्यहरु लाई विजय गराउन अनुरोध गर्दै अाफ्नो नाम अनुसार जनताको गुनासोलाई सम्बोधन गरि वडाको प्रतीवद्धतालाई सम्मान गरि ५ वर्ष जनताको हितका लागि दत्त भई काम गर्छ” धरो धर्म यो धर्मदत्त ” भन्नुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित