मुक्ति तिवारी /नवलपरासी ,बैशाख २१
पश्चिम् नवलपरासीका ७ वटा स्थानिय तहरुमा एक कार्यकाल नगरउपप्रमुख र पालिका उपाध्यक्षको जिम्मेवारी बहन गरेका महिला नेत्रीहरु सबैले दोश्रो कार्यकालका लागि आकाङ्क्षा व्यक्त गरे। आसन्न निर्वाचनका लागि निर्वाचित उपप्रमुखहरुले यसपटक पार्टीबाट टिकट पाउन सकेनन ।पुनः दोहोरिन खोजेका उनिहरुको आकाङ्क्षा पूरा नहुदा पश्चिम् नवलपरासीमा पार्टी अदलबदल समेत गरे।
रामग्राम नगरपालिकामा निर्वाचित उपमेयर रम्भा कुवरले पुन दोहोरिने ईच्छा ब्यक्त गरेकि थिईन कामको मुल्यांकनका आधारमा यसपटक पनि पार्टीले टिकट दिनेमा उनी निकै आशावादी थिईन ।अन्तत:पार्टीले उपप्रमुखकालागी आरधना भट्ट लाई टिकट दियो।पुन दोहोरिने ईच्छा पूरा नभएपछि पार्टीले गरेको निर्णयलाई स्विकार्दै उनी अहिले चुनावी प्रचार प्रसारमा ब्यस्त छिन।”मैले गरेका कामलाई जनता र आम मतदाताले रुचाएका थिए।म आफैमा सक्षम छु जस्तो पनि लाग्थ्यो म ढुक्क जस्तै थिए तर परिस्थितिबस टिकट पाईन उनले भनीन”पीडा बोध त पक्कै भएको छ दोहोरिने ईच्छा राख्नु फ़ेरि पनि जनताको सेवा गर्न खोज्नु स्वभाविक पनि हो ।प्रमुखहरु सबै पालिकामा दोहोरिन पाउने तर जहिले पनि महिला मात्र पछि हट्नु पर्ने उनले बताईन ।मनमा केही पीडा त पक्कै पनि छ तर पार्टीलाई जिताउन म उतिकै प्रचार प्रसारमा हिनेकी छु उनले भनीन ।अब राजनीतिमै होमिएपछी पार्टीभित्रनै मेहनत गरेर अवसर खोज्नु पर्ने उनको भनाई छ।
प्रतातपुर गाउँपालिकामा निर्वाचित उपाध्यक्ष अन्जु कुमारी चौधरीले पनि पुन:दोहोरिने चाहाना राखेकी थिईन।नेपाली काङ्ग्रेसबाट टिकट नपाएको झोकमा उनी हृदयेश त्रिपाठि नेतृत्वको जनता प्रगतिशील पार्टीमा प्रवेस गरिन ।उनी अहिले प्रतापपुर गाउपालिकाका लागि सोही पार्टीबाट उपाध्यक्षको उमेदवार बनेकी छन।”मैले कार्यबाहक भएर पनि चलाए प्रमुख पद मागेको पनि थिइन तर पार्टीले उपप्रमुखको टिकट पनि नदिएपछि आफ्नो योगदानको कदर नभएकाले निकै पीडा बोधका साथ पार्टी छोडेको उनले बताईन ।उनी अहिले जनता प्रगतिशील पार्टीबाट प्रचारप्रसारमा सक्रिय छन ।सबै मतदाताको बिस्वास म माथी थियो ।काङ्ग्रेसबाट अलग हुनु पर्दाको पीडा मलाई सधै हुनेछ तर यो मेरो बाध्यता हो उनले भनिन ।
बर्दघाट नगरपालिकामा नेकपा एमालेले जनमुक्ति सग तालमेल गरेपछि पुन दोहोरीने चाहाना राखेकी निर्वाचित उपप्रमुख मायादेवी पौडेलले टिकट पाईनन ।उपमेयरमा जनमुक्तिले तारा रानालाई उमेदवार बनाएको छ । मलाई आम मतदाताले भारी मतका साथ बिजयी गराउनु भएको हो।सोही अनुरुप मैले ५ बर्षको अवधिमा थुप्रै काम गरे पीडा त भएको छ तर पार्टीलाई जिताउन नेतृत्वपङ्तिले गरेको निर्णयलाई मैले सहर्ष स्विकारेकी छु उनले भनीन।महिला नै उपप्रमुखको उमेदवार बन्नु भएको छ यसअर्थमा चित्त बुझाएको उनले बताईन ।पश्चिम् नवलपरासीमा उपप्रमुखमा सबै भन्दा बढि १२ हजार भन्दा माथी मत ल्याएर पौडेल बिजयी बनेकि थिईन।
पाल्हिनन्दन गाउपालिकामा नेपाली काङ्ग्रेस बाट निर्वाचित उपाध्यक्ष पवित्रा कोहारले पनि टिकट नपाएपछि उनी माओबादी केन्द्रमा प्रवेश गरीन ।उनलाई अहिले माओवादी केन्द्रले उपाध्यक्ष पदको उमेदवार बनाएपछि उनी चुनाव प्रचार प्रसारमा ब्यस्त छिन ।गठबन्धनका कारण र सबै महिला उपमेयरहरुको कार्यसम्पादन लाई पनि सम्मान गर्दै अन्यलाई पनि पार्टीमा योगदानका आधारमा टिकट दिइएको नेपाली काङ्ग्रेसले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

