Rashtriya Dainik

धनगढीमाई नगरपालिका ३ मा माओवादी केन्द्रका बिरेन्द्र साहको व्यापक चर्चा

महेश सिंह सिरहा लहान २१ बैशाख – धनगढीमाई नगरपालिका वाडा नम्बर ३ मा माओवाद केन्द्र निकट बिरेन्द्र साहले मनोनयन दर्ता गराएका हुन्।साह वाडाका लागी लोकप्रिय नेता हुन्। उनले माओवादी केन्द्रको कम्युनिस्ट आन्दोलनमा लामो समय देखि लागेका हुन्।

जनयुद्ध खेपेका युवा साहको कारण धनगढीमाई ३ लाई माओवादी केन्द्रको लाल किला भन्ने र प्रचलित रहेका छन्।
समाजमा चर्चा बटुलेका युवा नेता बिरेन्द्र साहले जनताकै बल भरोसमा उनले उमेदवार बन्न पुगेका हुन्। समाजमा रुपान्तरण को खाचो रहेको भन्दै जनताले आफुलाई निर्वाचित गरायो भने शिक्षा स्वास्थ र कृषिमा विशेष जोड दिने उनले बताए।

स्थानीयका अनुसार साह जस्तै युवा समाजसेवी नेताको उक्त वाडामा खाचो रहेको बताए। धनगढीमाई नगरपालिकामा माओवादी केन्द्रका उमेदवार हरि नारायण चौधरी नगरपालिकाको लागि कसिलो उमेदवार रहेका हुन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित