Rashtriya Dainik

सखुनन्कारकट्टीमा गाउँपालिकामा काङ्ग्रेसको घरदैलोमा तिब्रता

महेश सिंह सिरहा लहान २१ बैशाख – सखुनन्कारकट्टी गाउँपालिकामा नेपाली काङ्ग्रेसको घरदैलो कार्यक्रम तीब्र रूपमा भई रहेको छ्। घरदैलो कार्यक्रममा उमेदवार लगायत हजारौं नेता कार्यकताहरुको उपस्तिथि रहने गरेको स्थानीय नेता गोपाल कृष्ण यादवले बताए।

स्थानीय चुनावका लागी सिरहाको सखुनन्कारकट्टीमा गाउँपालिकामा नेपाली काङ्ग्रेस निकट उपाध्यक्ष पदका लागी निलम यादवकी मनोनयन दर्ता भएको छ।बिगत केही बर्ष देखि राजनीतिमा सकृय हुँदै वाडा कमिटीको सदस्य समेत रहेकी ऊनी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भागलिन उमेदवारी दर्ता गराएका हुन्।समाजवाद का एजेन्डा बोकेकी यादव हाल पालिका उपाध्यक्षका लागी उमेदवार वनेकी छिन्।

छोटो् समयमा राजनीतिमा निकै लोकप्रिय भएकी उनी पार्टीलाई सतामा ल्याउन भोट् मागनमा ब्यस्त देखिएकी छिन्।राजनीति पृष्ठभुमि परिवारकी महिला समेत रहेकी ऊनी पालिकामा काङ्ग्रेस पार्टीको कसिलो उमेदवार र प्रतिस्पर्धामा आउने उमेदवारको रूपमा निखारीएकी छिन्। विभिन्न राजनीति पार्टीका नेता कार्यकर्ताहरु भोट् मागनमा ब्यस्त देखिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित