Rashtriya Dainik

नेपालि काङ्ग्रेसको घरदैलोमा ओर्लियो जनसागर

बारा, २१ बैशाख / बाराको फेटा गाउपालिकामा नेपालि काङ्ग्रेसको घरदैलोमा जनसागर नै ओर्लिएको छ । स्थानीय तहको निर्वाचन नजिक्दै जादा घरदैलोलाइ नेपालि काङ्ग्रेसले तिब्रता दिएपछि नेपालि काङ्ग्रेसका सम्पूर्ण नेता कार्यकर्ता एकजुट भइ नेपालि काङ्ग्रेस जिताउन अभियानमा लागि परेका हुन ।

बाराको फेटा गाउपालिकाको ७ वट्टै वडामा नेपालि काङ्ग्रेसले घरदैलो कार्यक्रम तिब्र रूपले अगाडी बढाएको छ । नेपालि काङ्ग्रेसको सह-महामन्त्री फरमुल्लाह मन्सूर र क्षेत्र नम्बर ४ का सभासद लालबाबु सिंहले समेत घरदैलोमा सहभागी भइ नेपालि काङ्ग्रेसमा मतदान गर्न आग्रह समेत गरेका छन ।

यसपालिको उम्मेदवारी भ्रष्टाचार बिरूध रहेको र बिकसित गाउपालिकाको रूपमा चिनाउनको निम्ति रहेकोले नेपालि काङ्ग्रेसको उम्मेदवार चन्देश्वर दुबेलाइ नै मतदान गरि निर्वाचित गराउन फेटा गाउपालिकावासिलाइ आग्रह गरेका हुन ।

घरदैलो कार्यक्रममा हजारौको संख्यामा जन समुदाय सहभागी भएका थिए । घरदैलो कार्यक्रमको समयमा फेटा गाउपालिका वडा नम्बर ३ का जनताले मेयरका उम्मेदवार चन्देश्वर दुबेलाइ फुलको माला लगाइ बिजय गराउन अभियानमा समेत जुटेका थिए । घरदैलोमा स्थानीयले बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेपालि काङ्ग्रेसका उम्मेदवार चन्देश्वर दुबेलाइ नै बिजय गराउन आश्वासन दिएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित