महेश सिंह सिरहा लहान २१ बैशाख – सिरहाको नवराजपुर गाउँपालिकामा नेकपा एमाले निकट उपाध्यक्षमा संगिता कुमारी यादवको नाउँ चर्चामा रहेको छ। विभिन्न संघ संस्थामा कार्य गर्दै राजनीतिमा निखारीएका महिला हुन्। २०७४ को निर्वाचनमा उनी उपाध्यक्षमा थोरै मतले प्राजित भएका थिए।
नेतृ यादव राजनीतिको प्रखर वक्ता हुन्।उनी लाम्रो समय देखि कम्युनिस्ट राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएकी छिन्। कम्युनिस्ट राजनीति पृष्ठभुमि परिवारका महिला हुन्।
समाजको बेतिथी,महिला हिंसा,भ्रष्टाचार उन्मुलन गर्न र महिलाहरुलाई सीप मुखी बनाउन र रोजगार र शिक्षा स्वास्थ कृषिमा बिकास गर्न आफुले उमेदवारी दिएको उनले बताए।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनी पालिका उपाध्यक्षमा जनताको राय अनुसार र जनताले प्रोत्साहन गरे पछी संगिता कुमारी यादवले पुनः उपाध्यक्ष पदको उमेदवार बन्न पुगीन। नेतृ यादव पालिकाको लोकप्रिय उमेदवार बनेकी हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

