नवलपरासी । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग, नवलपरासीले आज रक्तदान कार्यक्रम गरेको छ । केन्द्रीय खेलकुद विभागको निर्देशन बमोजिम आज देशैभरि रक्तदान कार्यक्रम अनुरुप पश्चिम नवलपरासी स्थित सुनवल उपशाखाको रेडक्रस भवनमा रक्तदान कार्यक्रम गरि ३२ पोइन्ट रगत संकलन गरिएको खेलकुद विभागले जनाएको छ । रगतको अभावमा कसैलेपनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम संचालन गरिएको नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग सदस्य तथा कार्यक्रमका धन प्रसाद गुरुङले बताउनुभयो । नेपाली कांग्रेस जिल्ला सभापति तथा रक्तदान कार्यक्रमका प्रमुख अतिथि विष्णु पौडेलले खेकुद विभागले अयोजन गरेको रक्तदान कार्यक्रम आफैमा महत्वपुण हुने भन्दै रक्तदान नै जिवन दान भएकाले सवैलाई रक्तदान कार्यक्रम सरिक हुन आग्रह गर्नुभएको थियो । कार्यक्रममा जिल्ला रेडक्रसका उपसभापति कृष्ण प्रसाद लामिछाने, सुनवल रेडक्रस उपशाखाका सभापत गोपाल शर्मा, रामग्राम नगरपालीकाका उप प्रमुख रम्भा कुवर, सुनवल खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाका अध्यक्ष खड्क वस्नेत लागायतले रक्तदान कार्यक्रम जिवन संग जोडिने पवित्र र महत्वपुर्ण कार्य भएको बताउनुभयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।