नवलपरासी ,बैशाख २१ । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले आसन्न स्थानिय तह निर्वाचनलाई लक्षित गरेर प्रेस ज्याकेट वितरण गरेको छ । मङ्गलबार प्रेस स्वतन्त्रता दिवसको अवसर पारी आयोजित प्रेस स्वतन्त्रता र पेसागत चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा महासंघमा आवद्ध सदस्यहरुलाई निर्वाचन रिर्पोटिङ्गको क्रममा सहज होस् भनि प्रेस ज्याकेट वितरण गरिएको हो । निर्वाचनको बेला हुलदंगा पनि हुन सक्ने र ज्याकेट लगाएर गएमा पत्रकारहरुलाई पहिचान गर्न पनि सजिलो हने भएकाले महासंघले प्रेस ज्याकेटको व्यवस्था गरेको अध्यक्ष हरि शर्माले बताउनुभयो ।
पत्रकारको क्षमता अभिवृद्धिमा विभिन्न कार्यक्रम गर्दे आएको महासंघले कोरोना महामारीको समयमा पनि प्रेस ज्याकेट वितरण गरेको थियो । साथै महासंघले ज्याकेट तथा प्रेस पास लगाएतको दुरुपयोग नगर्न पनि आग्रह गरेको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले आसन्न स्थानिय तहको चुनावमा उम्मेद्धारी दिएका पत्रकारहरुले स्वतस्र्फुत रुपमा महासंघको सदस्यता त्याग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ अनुशासन विभागका सदस्य गोपि ज्ञवाली, महासंघ नवलपरासीका पुर्व सभापति केशव पराजुली, पुर्वि नवलपरासी शाखका उपाध्यक्ष नविन पौडेल, उपाध्यक्ष मालती न्यौपाने लगाएतले बोल्नुभएको सहसचिव जिवन न्यौपानेले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

