नवलपरासी , २१ बैशाख
पश्चिम नवलपरासीको रामग्राम नगरापालिका वडा नम्बर १४ परसावलमा एक व्यक्तीको हत्या भएको छ ।
हत्या आरोपमा छोरा पक्राउ परेका छन् । ५० वर्षीय शंकर यादवलाई लाठी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा छोरा ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो । बाबु छोरा बिच पारिवारी आन्तरीक विषयमा बेला बेलामा झगडा हुने गरेको बुझीएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

