राष्ट्रिय दैनिक / नवलपरासी , २१ बैशाख
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा नेपाली काङ्ग्रेस घरदैलो कार्यक्रमलाइ तीव्र पारेको छ ।
यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ वडा अध्यक्ष पदको उम्मेदवार जितेन्द्र गुप्ता सहितको प्यानलकाे उम्मेदवारलाई बिजयी बनाउनका लागि घरदैलो कार्यक्रम तीव्र पारिएको हो ।
घरदैलो गर्दै पालिका अध्यक्ष , उपाध्यक्ष र वडा अध्यक्ष सहितको सम्पुर्ण प्यानललाई जिताउन नेपाली काङ्ग्रेसलाई मतदान गर्न अपिल गरेका छन् ।
घरदैलो अभियानमा नेपाली काङ्ग्रेसलाई जिताउन आग्रह गरिएको छ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यवस्थित गाउघर सहित महिलाहरुको सशक्तीकरणका लागि र न्यायिक स्वच्छताका लागि नेपाली काङ्ग्रेस जित्नुको विकल्प नरहेको मतदाताहरुले बताएका छ्न ।
घरदैलो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कार्यकता वडा अध्यक्ष सहित वडा सदस्यहरुका उम्मेदवारहरुको उपस्थिती रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

