रंजीत शर्मा /नवलपरासी/२० वैशाख ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वार्ड नं ०५ बैदौली बाट ठुलो मात्रामा लागू औषध सहित २ जना पक्राऊ परेका छन्।
आज करीब ११ बजेको समयमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापुर गाँउपालिका वडा नं. ५ बैदली स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको युपी ५६ एयन ३९४२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा फेला परेको हो ।

मोटरसाईकलको डिक्की भित्र रहेको झोलामा डाईजापाम – १७५ एम्पुल, फेनारगन – १७५ एम्पुल र नुफिन – १७५ एम्पुल अवैध लागुऔषध फेला पारेकोले तत्काल मोटर साईकल चालक भारत जिल्ला महाराजगंज ग्राम रेजिया वस्ने बर्ष २० को भोलु चौहान र सोही मोटरसाईकल पछाडी सवार भारत जिल्ला गोरखपुर ग्राम गोरखपुर बस्ने वर्ष १९ को राकेश सहानी समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
निजहरु दुबै जना विरुद्ध लागुऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

