Rashtriya Dainik

माओवादीद्वारा धोबिनी गाउँपालिका वाड न.४ लंगडिमा घरदैलो कार्यक्रम

पर्सा २० बैशाख
नेकपा माओवादी पर्साले आज ( मंगलबार ) पर्साको धोबिनी गाउँपालिका वडा न.४ लंगडिमा चुनाबी घरदैलो गरेको छ ।
धोबिनी गाउँपालिकामा नेकपा माओवादीबाट अध्यक्ष पदका उमेद्वार सन्तोष पटेल र वडा नं ४ का वडाअध्यक्ष लालबाबु बानिया लगायत अरु पदका उमेद्वारहरु सहित उक्त पालिकाको वडा न.४ का वडामा घरदैलो गरेको हो ।
स्थानिको घर घरमा पुग्नु भएको गाउँपालिका अध्यक्ष पदका उमेद्वार सन्तोष पटेलले जनतालाई चाहिने विकासका कुरा आफु समक्ष राख्न आग्रह गर्नुभएको थियो ।
सो क्रममा स्थानीय जनताले समेत आफुलाई चाहिने शिक्षा , स्वास्थ्य , कृषिको आधुनी कारण , बाटोघाटो , नला , सिचाइको सुबिधा लगायकाका बिषयमा अध्यक्ष पदका उमेद्वार पटेल समक्ष राखेका थिए ।
स्थानीयको कुरा सुनेपछी अध्यक्ष पदका उमेद्वार पटेलले मलाई आफ्ना मत दिएर जिताउनु न म सकभर सबै गर्ने प्रयत्न गर्ने बताउनुभएको छ ।
सो अवसरमा पालिका अध्यक्ष पदका उमेद्वार पटेल संगै , उपाध्यक्ष पदका उमेद्वार , वडा न.४ का वडा अध्यक्षका उमेद्वार उक्त वडाका सदस्य पदका उमेद्वार सहित धेरैको संख्यामा नेकपा माओवादीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित